१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीमन्त्री यादव र स्वास्थमन्त्री पौडेलबीच छलफल



मन्त्री यादव र मन्त्री पौडेलबीच छलफल काठमाडौ, ८ भदौः खानेपानीमन्त्री प्रदीप यादव तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबीच आइतबार स्वास्थ्य मन्त्रालयमा वीरगञ्जमा देखिएको हैजा सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट÷रासस
अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबीच वीरगञ्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।

मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी वीरगञ्जमा देखिएको हैजा सङ्क्रमणका सम्बन्धमा छलफल गर्नुभएको खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले बताउनुभयो ।

उक्त छलफलमा वीरगञ्जका प्रभावित क्षेत्रमा कोलेरा कीट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय तहबीच समन्वय गरी आवश्यक कदम चाल्ने सहमति भएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा र टोलमा देखापरेको हैजा सङ्क्रमण नियन्त्रण गर्न मन्त्रालयले सक्दो प्रयास गरिरहेको सहसचिव श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वीरगञ्जमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्णरूपमा सक्रिय छौँ । यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य छ ।”रासस