• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

‘प्रेमगीत–३’को रिलिज मिति अनिश्चितकालका लागि ‘पोस्टपोन्ड’



काठमाडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को रिलिज मिति पोस्टपोन्ड गरिएको छ । 

हिन्दी भाषामा समेत डबिङ गरिएको ‘प्रेमगीत–३’लाई नेपालसँगै भारत र विश्वभर एकसाथ रिलिज गर्ने निर्माणपक्षको तयारी गरेपनि भारतमा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट तीब्र रुपमा फैलिन थालेसँगै ‘प्रेमगीत–३’को रिलिज मिति अनिश्चितकालका लागि पोस्टपोन्ड गरिएको निर्माता सेनले जनाएका छन् । 

सो फिल्मका निर्देशकसमेत रहेका सेनले कोरोनाको ओमिक्रोन तीब्र रुपमा फैलिन थालेपछि भारतका विभिन्न राज्यहरुमा फिल्म हलहरु बन्द भएसँगै भारतीय बजारका वितरकको सल्लाह बमोजिम फिल्मलाई पोस्टपोन्ड गरिएको बताए । 
 
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको ‘प्रेमगीत–३’को फागुन १३ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । यसअघि पनि २०७६ साल चैत २८ गतेलाई फिल्मको रिलिज मिति तोकिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म रिलिज हुन सकेको थिएन ।

यसअघिका दुई सिक्वेल हिट भएको फिल्मको तेस्रो सिक्वेलमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी लगायतको अभिनय देख्न सकिनेछ ।