१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगीत–३’को रिलिज मिति अनिश्चितकालका लागि ‘पोस्टपोन्ड’



अ+ अ-

काठमाडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को रिलिज मिति पोस्टपोन्ड गरिएको छ । 

हिन्दी भाषामा समेत डबिङ गरिएको ‘प्रेमगीत–३’लाई नेपालसँगै भारत र विश्वभर एकसाथ रिलिज गर्ने निर्माणपक्षको तयारी गरेपनि भारतमा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट तीब्र रुपमा फैलिन थालेसँगै ‘प्रेमगीत–३’को रिलिज मिति अनिश्चितकालका लागि पोस्टपोन्ड गरिएको निर्माता सेनले जनाएका छन् । 

सो फिल्मका निर्देशकसमेत रहेका सेनले कोरोनाको ओमिक्रोन तीब्र रुपमा फैलिन थालेपछि भारतका विभिन्न राज्यहरुमा फिल्म हलहरु बन्द भएसँगै भारतीय बजारका वितरकको सल्लाह बमोजिम फिल्मलाई पोस्टपोन्ड गरिएको बताए । 
 
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको ‘प्रेमगीत–३’को फागुन १३ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । यसअघि पनि २०७६ साल चैत २८ गतेलाई फिल्मको रिलिज मिति तोकिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म रिलिज हुन सकेको थिएन ।

यसअघिका दुई सिक्वेल हिट भएको फिल्मको तेस्रो सिक्वेलमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी लगायतको अभिनय देख्न सकिनेछ ।