६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क सडक स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क सडक स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित
अ+ अ-

अर्घाखाँची । पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे(=सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् ।

साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे-सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो ।

गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म करिब ६८ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर चौडाइमा सडक फराकिलो बनाइएको सडक डिभिजन कार्यालय शिवपुरका डिभिजन प्रमुख एवं इञ्जिनीयर सविन कोइरालाले बताउनुभयो । उहाँका अनुसार गोरुसिङ्गेबाट सन्धिखर्कसम्म ६७ दशमलव पाँच किमी सडक कालोपत्र गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको थियो । गत आर्थिक वर्षमा पहिरो रोकथाम तथा स्तरोन्नतिमा रु एक करोड, मर्मतमा एक करोड ५० लाख, सडक सुरक्षामा ५५ लाख, सडकको अत्यधिक मर्मतमा दुई करोड रकम खर्च भएको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

वर्षामा आउने पहिरोले सडकअवरुद्ध हुने भएकाले नियमित सञ्चालनका लागि दुई वटा पहिरो पन्छ्याउन प्रयोग गरिने उपकरण तयारी अवस्थामा राखिएको छ । ठाँडामा जेसिभी र नरपानीमा लोडर तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

गोरुसिङ्गे–सन्धिखर्क खण्डअन्तर्गत शितगङ्गा नगरपालिकाको बसेरीको जङ्गल, अमराई, रिब्दी, सितापुर तथा सन्धिखर्क नगरपालिकाको नरपानीबाट फुद्बाङ्गसम्मको सडकमा पहिरोको उच्च जोखिममा रहेका डिभिजन प्रमुख कोइरालाले उल्लेख गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा सडक मर्मत तथा स्तरोन्नतिका लागि रु आठ करोड ४० लाख बजेट प्राप्त भएको छ ।

यो खण्ड स्तरोन्नति गरिएपछि विशेष गरी शक्तिपीठका रूपमा रहेको सुपादेउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई सहज भएको कोइरालाको भनाइ छ । अवरोधबिना यात्रा गर्न पाएपछि मन्दिर दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित भएका उहाँले बताउनुभयो ।

“यसअघि सुपादेउराली मन्दिरमा पुगेका जो कोहीले चट्टानी भिरमा रहेको साँघुरो र डरलाग्दो सडक सम्झन्थे । त्यही चट्टानी डरलाग्दो भिरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि मन्दिर आउने धार्मिक पर्यटकलाई सहजता भएको छ”, उहाँले भन्नुभयो ।

उक्त खण्डमा कडा चट्टान भएकाले नयाँ प्रविधि ‘रक एञ्चोज’ प्रयोगमार्फत ड्रिल गरेर आरसिसी ढलान गरी सडक विस्तार गरिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

यसअघि लाहुरेबजारबाट सुपा मन्दिरसम्म सडकको चौडाइ चार दशमलव पाँच मिटर हुँदा यातायात आवागमनमा कठिनाइ हुँदै आएको थियो । सडक डिभिजन शिवपुरले सडक स्तरोन्नति गरी नौ मिटर चौडाइको बनाएको हो ।

जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्त्वपूर्ण मार्गका रूपमा रहेको गोरुसिङ्गे–सन्धिखर्क खण्डको लाहुरेबजारबाट सुपा मन्दिरसम्म करिब तीन सय मिटर कडा चट्टान र भिरालोका कारण सात्रा सङ्घर्षपूर्ण बनेको थियो । सडक डिभिजन कार्यालय शिवपुरबाट नयाँ प्रविधिको प्रयोग गरी वाल निर्माण गरिएको प्रमुख कोइरालाले उल्लेख गर्नुभयो ।नेपालको प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि गर्न तथा सुपादेउराली आसपासका पर्यटकीय गन्तव्य नरपानीको डाँडाको प्रचारप्रसार हुने अपेक्षा लिइएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताउनुभयो ।

“नरपानीडाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ । यहाँबाट मनमोहक दृश्यहरूसँगै हिमाल देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीलगायत जिल्लाबाट पर्यटक आउने जनाउँदै भारतको उत्तर प्रदेश, विहारबाट पनि धार्मिक पर्यटक यहाँ आउने गरेका सन्धिखर्क–७ का वडाध्यक्ष चुराबहादुर केसीले बताउनुभयो ।

यहाँ आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रसम्म पुर्‍याउने योजनासहित गरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सुपादेउरालीमा आएका भक्तजनका लागि लक्षित गरेर भौतिक संरचना निर्माण गर्न थालिएको उहाँले जानकारी दिनुभयो

सुपादेउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास रहिआएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष खनालले बताउनुभयो । कडा चट्टानकाबीच निर्माण भएको सडक र सोही सडकको छेउमा मन्दिर छ । यहाँ आएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उच्च पदमा पुगेका व्यक्तिलेसमेत दर्शन गर्छन् ।

कुनै समस्या आएकामा सुपादेउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास रहिआएको छ । सोही कारणले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाउने गरिन्छ ।