१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच

त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच
अ अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९ विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालनसम्बन्धी निर्देशिका हालै जारी गरेको थियो । सो निर्देशिकाअनुसार करिब सात सय सामुदायिक क्याम्पसमध्ये मुस्किलले ४५ वटाले मात्र अनलाइन माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएका छन् । नेपाल पब्लिक क्याम्पस सङ्घका अध्यक्ष शिवराज सञ्जेलले त्रिविले आफूहरूसँग परामर्श नगरी एकै पटक अनलाइन विधिबाट अध्यापन गर्नुपर्ने व्यवस्था गरेको गुनासो गर्दै भने, “सबैको पहुँचमा इन्टरनेट छ, छैन ? सबैले अनलाइनबाट अध्यापन गर्न सक्छन् वा सक्दैनन् ?” बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्यायले अनलाइनबाट अध्यापन गर्न पाठ्यक्रम पनि सोहीअनुरूपको विकास गर्नुपर्ने भन्दै थपे, “अनलाइनबाट अध्यापन गर्न शैक्षिक सामग्रीको ई–कपी पनि हुनुपर्छ । त्यो विकास गरिएकै छैन ।

कुलेश्वरको जनमैत्री क्याम्पसका प्रमुख भोला ओझाले अनलाइनबाट विद्यार्थीलाई बुझाउन नसकिने भएकाले तत्काल कामचलाउ मात्र भएको बताउँदै अनलाइनबाट अध्यापन विधि प्रभावकारी नभएको चर्चा गरे । पोखराको जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख विरन्जी गौतमले सामुदायिक क्याम्पसहरू प्रायः ग्रामीण भेगमा भएकाले अनलाइन मार्फत अध्यापन गर्न प्राविधिक रूपमा कठिन भएको गुनासो गरे । कैलाली बहुमुखी क्याम्पस धनगढीका प्रमुख डा. पदमराज जोशीले बन्दाबन्दी सकिएपछि पुनः विद्यार्थीलाई अध्यापन गर्नुपर्ने हुन्छ भनेर नयाँ विषय अध्यापन नगर्ने गरिएको बताए ।

कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति पाण्डेले त्रिविले आफू अन्तर्गतका क्याम्पसहरूको सहकार्यमा अध्यापन विधिका विकल्प तय गरिदिनुपर्ने सुझाव दिए । सूचना प्रविधि विशेषज्ञ पदमराज पन्तले त्रिविको पाठ्यक्रम अनलाइन कक्षामार्फत अध्यापन गर्न मिल्ने खालको नभएको तर्क गरे । गोरखापत्र दैनिक