३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामका उपराष्ट्रपति सुआनको नेपाल भ्रमणः आज उच्चस्तरीय वार्ता र संयुक्त पत्रकार सम्मेलन



अ+ अ-

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज बिहान ११:०० बजे काठमाडौंको होटल याक एण्ड यतिमा उपराष्ट्रपति सुआन र नेपालका उपराष्ट्रपति यादवबीच संयुक्त पत्रकार सम्मेलन हुने भएको छ। यसअघि दुवै उपराष्ट्रपतिहरूले प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, लगानी, जलविद्युत, र सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने कार्यतालिका छ।

नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल-भियतनाम कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा भएको छ। यो भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो।

सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

नेपाल र भियतनामबीच १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल दुई देशबीचको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम छ, तर तनहुँ जलविद्युत आयोजनामा भियतनामको सङ दा कर्पोरेसन र नेपालको कालिका समूहको साझेदारीले जलविद्युत क्षेत्रमा सहकार्यको सम्भावना देखाएको छ। यो भ्रमणले व्यापार र लगानी वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा सुआनलाई परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवाले स्वागत गर्नुभएको थियो । देउवासँगको भेटमा नेपाल-भियतनाम

सम्बन्ध सुदृढीकरण र आर्थिक साझेदारीका विषयमा छलफल भएको थियो। नेपाल आर्मीले सुआनलाई गार्ड अफ अनर प्रदान गरेको थियो।
भोलि सोमबार सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुहुनेछ र काठमाडौं तथा ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने कार्यतालिका छ ।