१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै ऐतिहासिक रक्तदान, एकै दिन ५,०५७ पिन्ट संकलन



अ+ अ-

काठमाडौं । ब्रम्हाकुमारीज एवम् समाज सेवा प्रभागले एकै दिन ५ हजार ५७ पिन्ट रगत संकलन गरेको छ । यो नेपालको इतिहासमै एकै दिन धेरै रगत संकलन भएको हो ।

ब्रह्माकुमारीज संस्थाका पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रगत संकलन गरिएको हो ।

देशैभरका विभिन्न स्थानमा शिविर सञ्चालन गरी रगत संकलन गरिएको हो । एकै दिन ५ हजार ५७ पिन्ट रगत संकलन गर्दै नेपालले अभूतपूर्व कीर्तिमान कायम गरेको दाबी ब्रम्हाकुमारीज एवम् समाज सेवा प्रभागले जनाएको छ ।

प्रभागले यो केवल अंकको रेकर्ड मात्र होइन, जीवनप्रेम र सेवा–समर्पणको विराट प्रतीक भएका जनाएको छ । यो समाजमा मानवताको धारा अविरल बहिरहेकै छ भन्ने उज्ज्वल प्रमाण भएको उसको भनाइ छ ।

अभियानको पहिलो दिन भदौ ६ गते नेपालभरका ब्रह्माकुमारीज शाखाहरूले कहाँ कति रगत संकलन गरे त ?

काठमाडौं क्षेत्र : १,७४५ पिन्ट

विराटनगर क्षेत्र : १,३०२ पिन्ट

नारायणगढ क्षेत्र : ८१२ पिन्ट

नेपालगञ्ज क्षेत्र : २५६ पिन्ट

वीरगन्ज क्षेत्र : २२० पिन्ट

पोखरा क्षेत्र : १४९ पिन्ट

दाङ क्षेत्र : १३७ पिन्ट

बुटवल क्षेत्र : १२१ पिन्ट

हेटौंडा क्षेत्र : ११३ पिन्ट

जनकपुर क्षेत्र : १०० पिन्ट

भैरहवा क्षेत्र : ६७ पिन्ट

राजविराज क्षेत्र : २५ पिन्ट

कुल : ५,०५७ पिन्ट

यो अभियान ९ गतेसम्म सञ्चालन हुने छ । नेपाल–भारतका सयौं स्थानमा रगत संकलन गर्न हजारौं स्वयंसेवक खटिएका छन् ।