३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात

नेपालमै ऐतिहासिक रक्तदान, एकै दिन ५,०५७ पिन्ट संकलन

नेपालमै ऐतिहासिक रक्तदान, एकै दिन ५,०५७ पिन्ट संकलन
अ+ अ-

काठमाडौं । ब्रम्हाकुमारीज एवम् समाज सेवा प्रभागले एकै दिन ५ हजार ५७ पिन्ट रगत संकलन गरेको छ । यो नेपालको इतिहासमै एकै दिन धेरै रगत संकलन भएको हो ।

ब्रह्माकुमारीज संस्थाका पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रगत संकलन गरिएको हो ।

देशैभरका विभिन्न स्थानमा शिविर सञ्चालन गरी रगत संकलन गरिएको हो । एकै दिन ५ हजार ५७ पिन्ट रगत संकलन गर्दै नेपालले अभूतपूर्व कीर्तिमान कायम गरेको दाबी ब्रम्हाकुमारीज एवम् समाज सेवा प्रभागले जनाएको छ ।

प्रभागले यो केवल अंकको रेकर्ड मात्र होइन, जीवनप्रेम र सेवा–समर्पणको विराट प्रतीक भएका जनाएको छ । यो समाजमा मानवताको धारा अविरल बहिरहेकै छ भन्ने उज्ज्वल प्रमाण भएको उसको भनाइ छ ।

अभियानको पहिलो दिन भदौ ६ गते नेपालभरका ब्रह्माकुमारीज शाखाहरूले कहाँ कति रगत संकलन गरे त ?

काठमाडौं क्षेत्र : १,७४५ पिन्ट

विराटनगर क्षेत्र : १,३०२ पिन्ट

नारायणगढ क्षेत्र : ८१२ पिन्ट

नेपालगञ्ज क्षेत्र : २५६ पिन्ट

वीरगन्ज क्षेत्र : २२० पिन्ट

पोखरा क्षेत्र : १४९ पिन्ट

दाङ क्षेत्र : १३७ पिन्ट

बुटवल क्षेत्र : १२१ पिन्ट

हेटौंडा क्षेत्र : ११३ पिन्ट

जनकपुर क्षेत्र : १०० पिन्ट

भैरहवा क्षेत्र : ६७ पिन्ट

राजविराज क्षेत्र : २५ पिन्ट

कुल : ५,०५७ पिन्ट

यो अभियान ९ गतेसम्म सञ्चालन हुने छ । नेपाल–भारतका सयौं स्थानमा रगत संकलन गर्न हजारौं स्वयंसेवक खटिएका छन् ।