चीनको राजधानी बेइजिङमा आगामी फेब्रुअरीमा आयोजना हुने हिउँदे ओलम्पिक खेलको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड महामारी फैलिइरहेको अवस्थामा चीनमा आयोजना हुन लागेको यस खेलप्रति विश्वले नै चासो व्यक्त गरिरहेको छ तर चीनको तयारी उच्च गतिमा छ ।
यस खेलमा विश्वका १०० भन्दा बढी मुलुकका खेलाडी सहभागी हुँदैछन् । खेलको तयारी अभूतपूर्व रुपमा गरिएको छ ।
बेइजिङले यसअघि पनि गृष्मकालीन ओलम्पिक आयोजना गरेको थियो । बेइजिङ विश्वकै एउटा त्यस्तो भाग्यमानी पहिलो शहर हो जसले गृष्मकालीन र हिउँदे दुबै ओलम्पिक आयोजना गर्ने सुअवसर पाएको छ । सिन्ह्वा
हेर्नुहाेस् तस्वीरहरू