१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा पर्वतेली दिदीबहिनी समाजद्वारा तिज दर खाने कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौँ। पर्वतबाट आएका दिदीबहिनीहरूले राजधानीमा भव्य तिज दर खाने कार्यक्रम सम्पन्न गरेका छन्।

मौलिक नाचगानसहितका विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई उल्लासमय वातावरण प्रदान गर्‍यो। पर्वतेली दिदीबहिनी समाजले आयोजना गरेको उक्त कार्यक्रममा दाजु-भाइहरूलाई ढाका टोपी, दिदीबहिनी माला र फूलको गुच्छाले सम्मानपूर्वक स्वागत गरिएको थियो।

संस्थाकी अध्यक्ष कल्पना चापागाईंले तिजको मौलिक संस्कृति जोगाउँदै दिदीबहिनीबीच एकता, आत्मीयता र सहकार्यलाई मजबुत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताइन्। उनले यो संस्था नाफाभन्दा पर सामाजिक उद्देश्यका लागि मात्र क्रियाशील रहेको स्पष्ट पारिन्।

सो अवसरमा नेपाल बैंकका सीईओ तिलक पाण्डे, ग्लोबलका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी, वर्ल्ड पिस काउन्सिलका संयोजक रविन्द्र अधिकारी, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी, एनआरएनका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष कुल आचार्यसहित राष्ट्रिय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।