१३ श्रावण २०८३, बुधबार
,
Latest
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो महिला प्रहरी सम्मेलन सम्पन्न



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको दुई दिवसीय प्रथम महिला प्रहरी सम्मेलन आज सम्पन्न भएको छ ।

बिहीबारदेखि सुरु भएको सम्मेलन समापन गर्दै गृहसचिव गोकर्णमणि दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तीकरणको यात्रामा नयाँ अध्यायको सुरूवात गरेको बताउनुभयो ।

नेपाल प्रहरीमा पहिलोपटक देशभरका महिला प्रहरी कर्मचारी, अवकाश प्राप्त महिला प्रहरी अधिकृत, महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने समाजका महानुभावलाई एकै मञ्चमा ल्याएर छलफल, अनुभव आदानप्रदान र भविष्यको अवसर तथा नेतृत्वको विषयबारे विचार गर्न यो सम्मेलन फलदायी भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा सहभागी विषय विज्ञहरूको विज्ञता, विभिन्न अनुसन्धानको प्रतिवेदन प्रस्तुति, सहभागीको विचार एवं अनुभवको आदानप्रदान, अन्तरक्रिया र छलफलबाट नेपाल प्रहरीलाई महत्त्वपूर्ण पृष्ठपोषण, सल्लाह एवं सुझाव प्राप्त भएको गृहसचिव दुवाडीले बताउनुभयो । लैङ्गिक संवेदनशील प्रहरी सेवाको सुदृढीकरणका लागि प्रभावकारी रणनीति तर्जुमा गर्न सम्मेलन सहयोगी भएको उहाँको भनाइ छ ।

दुवाडीले सम्मेलनबाट जारी भएको घोषणापत्र तथा प्रतिवेदन महत्त्वपूर्ण रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । सम्मेलनबाट प्राप्त विचार तथा निष्कर्ष आगामी दिनमा नीति निर्माण र संस्थागत सुधारका लागि मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्न आवश्यक रहेको उहाँले धारणा राख्नुभयो ।

समापन समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले सम्मेलनमा व्यक्त भएका विचार, विभिन्न विषयगत विज्ञहरूको विश्लेषण, अनुसन्धान तथा प्रतिवेदनका प्रस्तुतिहरू, सहभागीको अनुभव आदानप्रदान र अन्तरक्रियामार्फत नेपाल प्रहरीलाई महत्त्वपूर्ण पृष्ठपोषण तथा सुझाव प्राप्त भएको विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, ट्राफिक व्यवस्थापनलगायत क्षेत्रमा महिला प्रहरी कर्मचारीहरूले उल्लेखनीय कार्य गर्दै आउनुभएको चर्चा गर्दै आगामी दिनमा उच्च मनोबल र थप जोशका साथ नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

यो सम्मेलन नेपाल प्रहरीमा महिला प्रहरीका लागि अझ उत्कृष्ट अवसर र वातावरण सृजना गर्न सङ्गठन सदैव गतिशील रहेको बताउँदै महिला प्रहरी कर्मचारीहरूको सशक्त भूमिका निर्माणका लागि मार्गनिर्देशन गर्न र प्रहरी सेवालाई समावेशी, व्यावसायिक एवं जनमुखी बनाउन यस सम्मेलन कोशेढुङ्गा सावित भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन आधिकारीले सम्मेलनले प्रहरीलाई मार्गनिर्देशन दिएको बताउनुभयो । लैङ्गिक समानता र लैङ्गिक न्यायलाई मूलप्रवाहीकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीयस्तरमा उक्त सम्मेलनको आयोजना गरिएको थियो ।

आज सम्मेलनको समापनका अवसरमा विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारी, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने व्यक्ति, विभिन्न सङ्घसंस्थालाई कदरपत्र, पुरस्कार एवं प्रशंसापत्र प्रदान गरिएको थियो । रासस




भर्खरै