१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

बजेटका प्राथमिकता संसद्मा प्रस्तुतः करको दर होइन दायरा बढ्ने

बजेटका प्राथमिकता संसद्मा प्रस्तुतः करको दर होइन दायरा बढ्ने
अ अ+ अ-

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले करको दर होइन दायरा बढाउने बताएका छन् । संसद्मा विनियोजन विधेयक–२०७७ प्रस्तुत गर्दै उनले सो जानकारी दिएका हुन् । साथै, बजेट कृषि क्रान्तिमा केन्द्रित हुने पनि उल्लेख गरे । कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनीकरणका लागि बजेट केन्द्रित रहने बताउँदै शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादनमूलक कार्यक्रम सार्वजनिक गरिने बताए । उनले भने– ‘कोरोनाको जोखिम नियन्त्रणका लागि चालिएको कदमबाट अर्थतन्त्रमा देखापरेको शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई द्रुत गतिका साथ अघि बढाउनेतर्फ आगामी बजेट केन्द्रित हुनेछ ।’ उनले लकडाउनका कारण श्रम बजार, निर्माण, पर्यटन आगमन, आपूर्तिको शृंखलामा गहिरो प्रभाव परेको भन्दै यसमा परेको असरलाई आगामी बजेटले सम्बोधन गर्ने बताए । आगामी बजेट स्थायित्वसहितको उच्च आर्थिक वृद्धिदरको चरणमा शीघ्र प्रवेश गरी अर्थतन्त्रलाई थप मजबुत बनाउनेतर्फ लक्षित रहेको उनको भनाइ छ ।

निजी क्षेत्रको व्यवसायलाई सम्बोधन गर्नका लागि कर सहुलियत पनि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने अर्थमन्त्री खतिवडाको भनाइ छ । उनले भने– ‘निजी क्षेत्रको व्यवसायलाई सम्बोधन गर्न कर सहुलियत र मौद्रिक उपकरणमार्फत आर्थिक पुनरुत्थान गर्नेतर्फ बजेट उन्मुख हुनेछ ।’ बजेटले राजस्व प्रणालीलाई प्रगतिशील, न्यायपूर्ण, पारदर्शी र व्यवसायमैत्री बनाउने उनको भनाइ थियो । बजेटमा आन्तरिक आयलाई राजस्वको मूल आधारको विकास गरिने, करको दरभन्दा दायरा विस्तार, कर परिपालनमा वृद्धि, राजस्व चुहावटमा नियन्त्रण गर्ने जस्ता कार्यक्रम रहने उल्लेख गरे।

बैंक तथा वित्तीय क्षेत्रलाई थप उत्पादनमुखी बनाइने, बीमा तथा पुँजी बजारको सुधार गरिने, अनलाइन प्रविधिबाट राजस्व भुक्तानीका लागि बढावा दिने गरी बजेट तर्जुमा गर्ने गरी बजेट तयार गरिने जस्ता कार्यक्रमले आगामी आर्थिक वर्षमा प्राथमिकता पाउनेछन् । त्यस्तै भविष्यमा आउन सक्ने विपद्सँग जुध्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई प्राथमिकतामा राखिने तथा निजी क्षेत्रलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेजमार्फत समस्या समाधान गर्ने अर्थमन्त्रीको भनाइ छ ।

बजेटका प्राथमिकता प्रस्तुतत गर्दै अर्थमन्त्री खतिवडाले बजेटमा सुरुङमार्ग, रेलमार्ग, जलमार्ग कार्यान्वयनलाई तीव्रता दिइने उल्लेख गरेका छन्। उनले शहरी क्षेत्रमा विद्यमान सवारी चापलाई व्यवस्थित गरी सुविधाजनक परिवहन सेवा उपलब्ध गराउन सार्वजनिक यातायात सञ्चालनलाई प्राथमिकतामा राखिने बताएका छन् ।

सुरक्षित आवास, महत्वपूर्ण सार्वजनिक भवन र अन्य शहरी पूर्वाधार निर्माण तथा विकास जोड दिइनेछ। सरकारले यही जेठ २ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । जसको तयारीस्वरूप आइतबारदेखि संसद्मा प्रि–बजेट छलफल शुरू भएको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गते आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाल समाचारपत्र दैनिक