१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

जलविद्युत् आयोजनाका लागि सहजीकरण गर्दै सरकार

जलविद्युत् आयोजनाका लागि सहजीकरण गर्दै सरकार
file
अ अ+ अ-

काठमाडौँ । मुलुकमा बन्दबन्दी (लकडाउन)को अवधि चलिरहेका बेला जलविद्युत् आयोजनामा परेको प्रभावबारे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययन गर्ने भएको छ ।
बन्दाबन्दीका बेला निर्माणाधीन, वित्तीय व्यवस्थापन तथा अध्ययनको चरणमा रहेका आयोजनाको काममा प्रत्यक्ष असर परिरहेका बेला मन्त्रालयले जलविद्युत् प्रवद्र्धकलाई सहजीकरण हुने गरी आवश्यक सबै कदम चाल्ने योजना बनाएको मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । आइतबार सचिव घिमिरेले भने, “लकडाउनका बेला अधिकांश जलविद्युत् आयोजनाले काम गर्न पाएका छैनन् । सम्भाव्यता अध्ययन गर्न फिल्डको काम ठप्पजस्तै भएको छ । निर्माणाधीन आयोजनाको काम पनि बन्द अवस्थामा छ । त्यसैले मन्त्रालय सबै आयोजनालाई हेरेर उचित कदम चाल्ने योजनामा रहेको छ । ” जलविद्युत् आयोजनाको अध्ययन अनुमति, उत्पादन अनुमतिदेखि लिएर प्रक्रिया र समयावधि ऐनमा व्यवस्थित गरिएकाले लकडाउनका अवधिमा काम गर्न नसक्दा भोलिका दिनमा आफूहरू मर्कामा पर्र्ने चिन्ता प्रवद्र्धकले गरिरहेका बेला मन्त्रालय यो विषयमा सकारात्मक देखिएको हो ।

सचिव घिमिरेले भने, “कतिपय विषय ऐनमा संशोधन गर्नुपर्ने देखिन्छ । त्यतातिर पनि मन्त्रालयले के गर्ने भन्ने विषयमा तयारी गरिरहेको छ । अर्कोतिर कतिपय कुरा नियमावलीमा संशोधन गर्नुपर्ने विषय मन्त्रिपरिषद्मा लैजाने र कार्यविधिका विषयमा मन्त्रालयबाट टुङ्ग्याउने गरी काम गरिने छ । ” हाल देशभर तीन हजार मेगावाटभन्दा बढीका योजना निर्माणाधीन अवस्थामा छन् । सयौँ आयोजनाको अध्ययन भइरहेको छ । ती सबै आयोजनालाई कुनै न कुनै रूपमा मर्का परिरहेकाले सर्वपक्षीय र सबै सरोकारावालाको सहभागिता हुनेगरी अध्ययन समिति पनि निर्माण गर्ने योजना मन्त्रालयले बनाएको छ । सचिव घिमिरेले भने, “लकडाउनको अवधि अझै टुङ्गिएको छैन । अवधि समाप्त भएपछि सर्वपक्षीय रूपमा एक अध्ययन समिति निर्माण गरी आएको सुझावलाई कार्यान्वयन गर्ने योजना मन्त्रालयले बनाएको छ । ”

यसैबीच विद्युत् खरिद सम्झौता भइसकेका जलविद्युत् आयोजनाले अवधि तोकिएर वित्तीय व्यवस्थापन गरिसक्ने भनिए पनि कोरोनापछि मुलुकमा आर्थिक अवस्था जर्जर हुने कुरालाई दृष्टिगत गरी सो म्याद कम्तीमा दुई वर्ष थपिदिन सरकारसँग आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ इपानले सरकारसँग यस्तो आग्रह गरेको हो । विद्युत् विकास विभागले लकडाउनका बेला कुन आयोजनामा कस्तो असर परिरहेको छ भन्नेबारेमा प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । विभागका अनुसार हालसम्म १७ हजार ४७४ मेगावाट उत्पादनका लागि विभिन्न जलविद्युत् आयोजनालाई अध्ययन अनुमतिपत्र जारी भएको छ । गोरखापत्र दैनिक