२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई अझै चम्किलो बनाउनुपर्नेछः उपसभापति खड्का



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार निरन्तर विकासका काममा अघि बढिरहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै अहिलेसम्म् सरकार अघि बढिरहेको बताउनु भयो ।

उहाँले सरकारले तिब्रगतिमा काम अघि बढाउन नसकेपनि निरन्तर काम गरिरहेको उहाँको भनाइ छ । सुधारका कामहरु विभिन्न क्षेत्रमा शुरु भएको उहाँले बताउनु भयो । कानून संशोधनमार्फत मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि विदेशबाट लगानी ल्याउने काम भएको बताउनु भयो । अझै सरकारलाई चम्किलो बनाउनुपर्ने जरुरी रहेको बताउनु भयो ।

उपसभापति खड्काले भन्नुभयो, ‘श्रद्धेय सभापति शेरबहादुर देउवाज्यु र नेकपा एमालेका अध्यक्ष केपी ओलीजी अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । हाम्रो पार्टीसहितको सरकारले सात बुँदे सहमतिको जगमा यो सरकार अघि बढेको छ । सुधारका कुराहरु पनि अघि बढाएका छौँ । विभिन्न ऐन, कानून संशोधनमार्फत मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि विदेशबाट लगानी ल्याउने, यहाँ लगानी गरेर कमाएको सम्पतीलाई आइटी सेक्टरबाट संसारभर लगानी गर्न पाउने संशोधन सुधार अघि बढाएका छौँ । जुन वेगमा, गतिमा हामीले काम गर्नुपर्ने थियो, त्यो भएको छैन तर काम निरन्तर अघि बढिरहेको छ । अघि बढाउनुछ । अझै सरकारलाई चम्किलो बनाउनु छ । संघ, प्रदेश र स्थानीय तहमा हामी पहिलो पार्टी छौँ । त्यसैले हाम्रो दायित्व बढी छ ।’

उपसभापति खड्काले काँग्रेस एकतावद्ध भएर जाने हो भने ०८४ मा कोहीसँग गठबन्धन गर्नु नपर्ने र एक्लै बहुमत ल्याउनसक्ने दाबी गर्नुभयो ।