उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखको १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको उत्पादन परीक्षणका लागि जिटुजीमार्फत चीन सरकारसँग आग्रह गरिएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसद मायाप्रसाद शर्माले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले यसबारेमा जानकारी गराउनुभएको हो ।
उहाँले ‘२०८१ माघ महिनामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४ हजार १३ मिटर ड्रिलिङ कार्य सम्पन्न भएको बताउनु भयो । चीन सरकारको तर्फबाट अन्वेषण कार्यमा संलग्न चिनियाँ जियोलोजिकल सर्वेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको भण्डारण रहेको अनुमान गरिएको बताउनु भयो । सोही प्रतिवेदन बमोजिम भण्डारण, उत्पाकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्मको कार्य गर्नुपर्ने भएकाले जिटुजीमार्फत चीन सरकारको सहयोगमा सो कार्य सम्पन्न गर्नका लागि अनुरोध गरिएको पनि जानकारी गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘२०८१ माघ महिनामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४ हजार १३ मिटर ड्रिलिङ कार्य सम्पन्न भएको छ । चीन सरकारको तर्फबाट अन्वेषण कार्यमा संलग्न चिनियाँ जियोलोजिकल सर्वेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको भण्डारण रहेको अनुमान गरिएको छ । सोही प्रतिवेदन बमोजिम भण्डारण, उत्पाकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्मको कार्य गर्नुपर्ने भएकाले जिटुजीमार्फत चीन सरकारको सहयोगमा सो कार्य सम्पन्न गर्नका लागि अनुरोध गरिएको छ । जाँजरकोट, दैलेख तथा अछामसहितका केही स्थानहरुमा काइनट तथा तुर्मालिन जस्ता महत्वपूर्ण पत्थर धातुहरु रहेको पत्ता लागेको छ । त्यसको औद्योगिकीकरण र व्यवसायीकरण गर्न सरकार प्रयत्नशिल रहेको कुरा जानकारी गराउँछु ।’
मन्त्री भण्डारीले जाँजरकोट, दैलेख तथा अछामसहितका केही स्थानहरुमा काइनट तथा तुर्मालिन जस्ता महत्वपूर्ण पत्थर धातुहरु रहेको पत्ता लागेको र त्यसको औद्योगिकीकरण र व्यवसायीकरण गर्न सरकार प्रयत्नशिल रहेको जानकारी गराउनु भयो ।










