५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छः डा. शेखर कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रवार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरुको भएको बताउनु भयो । उहाँले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताउनु भयो । सांसद कोईरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताउनु भयो । उहाँले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको बताउनु भयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । शिक्षित समाज भयो भने सभ्य देश बन्छ । घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । हामी कतै न कतै चुकिरहेका छौँ । नियम, ऐन, कानून बनाउने मानिसहरु, सरकारमा बस्ने साथीहरु चुकेका छौँ । पत्रकार मित्रहरु पनि चुकेको म देख्छु । सार्वजनिक विद्यालयलाई प्रवद्र्धन गर्ने हिसावले अघि बढ्ने हो भने हामी सफल भइन्छ । अहिले राजनीतिक मात्रै सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ । झरिरहेको छ । त्यसलाई उकास्ने जिम्मा स्कुलहरुले पनि लिनुपर्छ, राजनीतिज्ञहरु, कर्मचारीहरुले पनि लिनुपर्छ । सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देशलाई अघि बढाउने कल्पनामा अघि बढ्नसक्छौँ ।’

सांसद कोईरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार जानुपर्ने बताउनु भयो । शिक्षाले नै विश्वलाई चिनाउनसक्ने भएकालै शिक्षामा पहिलो जोड दिनुपर्ने बताउनु भयो ।