३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विद्या भण्डारीले थापागाउँबाट खोलेको फायर

विद्या भण्डारीले थापागाउँबाट खोलेको फायर
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टी नेतृत्वलाई चुनौती दिनुभएको छ । आफ्नो सदस्यता रोकिदिएपछि अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रामक देखिएकी भण्डारीले सरकारको कामको पनि चर्को आलोचना गर्नुभएको छ । यसले एमालेभित्र नयाँ धुवीकरण स्पष्टरुपमा बढेको संकेत गर्दछ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलाई दायाबायाँ राखेर मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापन मूल समितिको कार्यालय थापागाउँमा उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई चुनौती दिनुभएको हो । उहाँले आफूलाई राजनीतिमा आउन रोक लगाउने र सदस्यता नवीकरण नगर्ने निर्णयविरुद्ध निरन्तर खबरदारी गरिरहने बताउनुभएको छ । पार्टीभित्रको विकृति विसंगतिविरुद्ध लडिरहने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले पार्टीले जिम्मेवारी नदिए पनि आफू एमालेकै सदस्यता भएको दाबी गर्नुभयो । ‘मलाई पार्टीले जिम्मेवारी देओस् कि नदेओस् त्यससँग सरोकार छैन, म नेकपा एमालेको सदस्य हुँ’ भण्डारीले भन्नुभयो, ‘त्यो नाताले जे सिद्धान्त धारण गरेको छु, त्यसअनुसार काम गर्ने हो । पार्टीहरूमा विकृति विसंगति फैलिएको छ भने त्यो विकृति र विसंगतिका विरुद्ध पनि म निरन्तर लडिरहन्छु ।’

कार्यक्रममा उहाँ आफूलाई पूर्वराष्ट्रपतिभन्दा पनि एमालेको पूर्वउपाध्यक्षका हैसियतमा प्रस्तुत गर्नुभयो । त्यति मात्र नभएर उहाँले आफ्ना पति स्वर्गीय मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादलाई अघि बढाउने जिम्मेवारी पनि आफ्नो भएको दाबी गर्नुभयो । एमालेभित्र देखिएका विकृति, विसंगतिको चर्को आलोचना गरेकी भण्डारीले सरकारले पनि जनताका अपेक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीप्रति रुष्ट देखिनुभएका उहाँले आफ्नो राजनीतिक इतिहास सम्झना सुझाव दिनुभयो । ‘मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा म चाहिँ के भन्न चाहन्छु भने, नेकपा एमाले अहिले भयो । मैले माले कालदेखि नै सदस्यता लिएको हुँ’, भण्डारीले भन्नुभयो, ‘म राजनीतिक दलसँग आबद्ध भएर सुरु गर्दा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन । म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झडा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं ।’

उहाँले २०३७ सालमा पार्टी सदस्य लिएको ४५ वर्षपछि नवीकरण नहुने निर्णयकै कारण आफ्नो सक्रियता नरोकिने सन्देश भण्डारीले सुनाउनुभयो ।

भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेले त्यसलाई स्वीकार गरेको छैन । बरु भण्डारीलाई पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न सुझाव दिएको छ । तर यो कुरा भण्डारीलाई स्वीकार्य भएको छैन । उहाँले आफूलाई राजनीतिमा फर्कन कसैले नरोक्ने भन्दै अभियान नै सुरु गर्नुभएको छ ।

यही भदौ २ गते विराटनगर पुगेर सार्वजनिक कार्यक्रममा सहभागी भई फर्किएकी भण्डारी अब मदन भण्डारी फाउन्डेसनले गर्ने कार्यक्रम लिएर देशव्यापी जाने तयारी हुनुहुन्छ । त्यसअघि उहाँले पार्टीका नेताहरुसँग छलफल गरिरहनुभएको छ । त्यति मात्र होइन, एमालेभित्रका केही मुख्य नेताहरुलाई आफ्नो पक्षमा पारेर उहाँले अध्यक्ष ओलीलाई चुनौती दिइरहनुभएको छ ।

थापागाउँमा भण्डारीले जुन कार्यक्रम गर्नुभयो र त्यहाँ सहभागीहरुको उपस्थिति हेर्दा एमालेमा झस्का पसेको छ । यही कार्यालयलाई भण्डारीले सम्पर्क कार्यालयको रुपमा प्रयोग गर्नुहुने छ । अहिले भण्डारीले देखाउँदै आएको सक्रियताले एमालेको मुख्यालयमा भुइँचालो गएको छ ।

भण्डारीले थापागाउँबाट खोलेको फायरले क–कसको मुटु हल्लाउँछ त्यो भविष्यले नै देखाउला । तर आलोचनाकै बीच उहाँले अघि बढाउनुभएको सक्रिय राजनीतिको यात्रामा देखिएको साथले भने भण्डारी पक्षलाई उत्साहित बनाएको छ ।