२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीहरु नेता भन्छन् तर मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायोः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्नेगरी काम गरेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी काम गरेको बताउनु भयो ।

राष्ट्रपति हुँदा आफूले गरेको कामहरु इतिहासको पानामा खुला रहेको भन्दै आफू पनि आलोचना भन्दा बाहिर नरहेको बताउनु भयो । तर तथ्यका आधारमा आलोचना हुनुपर्ने उहाँको भनाइ छ । आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि स्पष्ट पार्नुभयो । आफूलाई केहीले नेता मान्ने गरेको तर च्यासलले संगठित सदस्यमै प्रश्न उठाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हुनतः मेरो सदस्यताको बारेमा प्रश्न छ । साथीहरु नेता भन्छन् । पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ, यो च्यासलले । नेकपा एमाले अहिले भयो, मैले नेकपा माले हुँदादेखि नै सदस्य भएको हो । २०३७ सालमा सदस्यता लिएको हुँ । ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाने बेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर जानैपर्छ भन्यो । मैले गएर शपथ खाएँ । मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका एकदम मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी गरेको छु । यो सबै इतिहासको पाना खुला छन् । मैले सार्वजनिक रुपमा भनेको छु, म आलोचना भन्दा बाहिर छैन । तर तथ्यका आधारमा हुनुपर्छ । म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु । म गरिरहन्छु ।’

पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो की भएन भनेर समीक्षा गर्ने बेला भएको बताउनु भयो ।