६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी

सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी
अ+ अ-

गण्डकी । साढे तीनदशक सरकारी जागिरमा समय विताएर सेवा निवृत्त भएका भित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लाग्नु भएको छ । सेवानिवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उहाँ व्यवसायिक ड्रागन खेतीमा लाग्नु भएको हो ।

सङ्घीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण हुनुभएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित बर्षौदेखि बाँझिएको भिरालो पाखोमा व्यवसायिक ड्रागन खेती गर्नुभएको छ ।

जङ्गलको छेउमा अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, थाइल्याण्ड, ताइवान, भारतको तामेलनाडुलगायतका बिभिन्न देशबाट ल्याएका ९० भन्दाबढी प्रजाति ड्रागन फलका विरुवाले फलदिन थालेको उहाँले बताउनुभयो ।

पारिवारिक घुमफिरका लागि अमेरिकामा जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा विरुवा गमलामा रोपेको बताउँदै उहाँले भन्नुभयो, “राम्रो उत्पादन दिएपछि आप्mनो वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक ड्रागन खेती सुरू गर्ने प्रेरणा श्रोत हो । ”

समुन्द्री सतहदेखि ११०० मिटरको उचाइ, ३ देखि ३२ डिक्री तापक्रम, तीनदेखि चार हजारसम्म मिलिमिटर औषत वर्षा रहेको सो १० रोपनी जग्गामा लगाएका दुई हजार विरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्मका प्रोपाइटरसमेत रहनुभएका कृषक त्रिपाठी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “२०८० वैशाख १२ गते विधिवत रूपमा फुर्केटारी एग्रो(ड्रागन फु्रटस)फर्म दर्ता गरेर सुरू गरेको व्यवसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन सुरू गरेको हो ।”

यस वर्ष उत्पादन राम्रो भएको छ, आपूmले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाखभन्दा बढीको ड्रागन फल बिक्री गरेको उहाँले बताउनुभयो । उत्पादित फल फर्मबाटै प्रतिकेजी ५०० का दरले बिक्री हुने गरेको छ ।

खरिदका लागि ग्राहक फर्मै आउनुहुन्छ आफै टिप्नु हुन्छ र तौलेर लैजानले गरेको बताउँदै त्रिपाठी भन्नुहुन्छ उत्पादित फल पोखरा बजार मुलुकका विभिन्न सहरलगायत अमेरिका र भारतमा समेत पठाएको उहाँको भनाइ छ । उहाँले फर्म सुरू गर्नुभन्दा पहिलो एक हजार छसय डलर तिरेर भियतनामको एक ड्रागन फर्ममा एक हप्ते तालिमसमेत लिएको अनुभव सुनाउनुभयो ।

“उत्पादित फल बिक्री हुँदैनकी भन्नु पर्दै ड्रागनका पारखि फर्मै आउनु हुन्छ” उहाँले भन्नुभयो, बजारको मागअनुसारको फल पुर्‍याउन सकेको छैन । बढीमा एकै दिनमा ६० केजीसम्म उत्पादन हुने गरेको छ । ड्रागनले रोपेको पहिलो वर्षमा फल्ने र लगातार २० वर्षसम्म उत्पादन दिने गर्दछ ।

त्रिपाठीले भन्नुभयो, फर्ममा अहिलेसम्म ५० लाख खर्च भइसकेको छ भने कृषि ज्ञान केन्द्र कास्कीबाट आर्थिक वर्ष २०८१। ०८२ मा चार लाख ७६ हजार ९८५ रुपैया बरावरको आर्थिक एवम् प्राविधिक सहयोग पाप्त भएको थियो ।

पक्कि पिल्लरमा फलामे ट्रष्ट लगाएर निर्माण गरिएको फर्ममा यतिखेर लटरम्म ड्रागन फलेको छ, हिंउदको समयमा पर्ने असिनाबाट वोट र फल जोगाउँका लागि उहाँले जाली राख्ने फ्रेम समेत निर्माण गर्नुभएको छ ।

फर्मभित्र केही महिनाअघि दुईवटा बाँदर पसेका थिए, घुमेर फर्किय वोटमा काँडा भएको कारण फल खाने आट गर्न सकेनन् । देशै भरी बाँदरको आतङ्कका कारण बाँझिएको जग्गामा यस्ता खेतीलाई जोड दिनु उपयुक्त हुने उहाँको सुझाव रहेको छ ।

जग्गा बाँझो नराखौ भन्ने अभियानमा जुट्नुभएका त्रिपाठीले ड्रागनको फल मात्र नभई विरुवासमेत बिक्री गर्दै आउनुभएको छ । एउटा विरुवा रु २०० देखि एक हजारसम्ममा बिक्री गर्दै आएको रासससँग कुरा गर्दै उहाँले थप्नुभयो, फुर्केटारी ड्रागन फर्मका विरुवा नेपालको विभिन्न स्थानसहित भारतको दार्जलिङसम्म पुगेका छन् । विरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुँने गरेको छ ।

फर्ममा एउटा फलको तौल ४०० ग्रामदेखि एक किलो ३२ ग्रामसम्मको फलेको बताउँदै उहाँले सरकारी सेवाबाट निभृत्तिभरण भई सकेपछिको समय अनावश्यक रूपमा खर्च गर्नुभन्दा कृषि कर्ममा लाग्दा अत्यन्त खुशी लागेको बताउनुभयो । फर्ममा दैनिक दुइदेखि पाँच जनाले रोजगारीसमेत प्राप्त गरेका छन् ।

पोखरा–२५ का वडाअध्यक्ष मोतिलाल तिमिल्सिनाका अनुसार आलु गाउँले परिचित हेमजामा पछिल्लो समय कृषक ड्रागन खेतीतर्पm आकर्षित हुँदै गएको बताउनुभयो । फुर्केटारी एग्रो फर्मले ड्रागन फल उत्पादनका साथै गुणस्तरलाई जोड दिँदै आएको कारण यो क्षेत्र पछिल्लो समय ड्रागनको रुपले परिचित हुँदै गएको उहाँको भनाइ रहेको छ ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले फुर्केटारी एग्रो फर्मको स्थलगत अध्ययन गरेको जनाउँदै मुलुकमा ड्रागन खेती विस्तार हुने क्रम बढेपनि पुर्केटारीमा उत्पादित फल स्वादिष्ट भएको बताउनुभयो ।

बालबालिका र जेष्ठ नागरिकसमेतलाई खान रुचाउने नरम प्रकृतिको ड्रागन फलमा पानी, प्रोटिन, खरानी, चिल्लो पदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्व पाइने कृषि विज्ञको धारणा छ । रासस