२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलम सफाई प्रकरणमा न्यायसम्पादनमा हस्तक्षेप गरेको भन्दै एमाले सांसदले मागे कानूनमन्त्रीको राजीनामा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सांसद किरणकुमार शाहले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले मन्त्री चौरसीयाको राजीनामा माग गर्नुभएको हो ।

उहाँले पूर्वमन्त्री मोहम्मद अफतवब आलमल सफाई प्रकरणमा मन्त्री चौरसियाले न्यायसम्पादनमा हस्तक्षेपकारी भुमिकामा खेलेको आरोप समेत लगाउनु भयो । उहाँले पूर्वमन्त्री आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको प्रकरणलाई लिएर देशभर न्यायपालिकाको विश्वसनीयता र सरकारको नैतिकतामाथि प्रश्न उठेको बताउनु भयो । एक जना मन्त्रीकै कारण न्यायपालिकामाथि शंका उत्पन्न हुनु लोकतन्त्रकै लागि खतरा भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आलम सफाई प्रकरणलाई लिएर देशभरीको न्यायपालिकाको विश्वसनीयता र सरकारकै नैतिकतामाथि प्रश्न उठिरहेको छ । विभिन्न मिडियामा आएको समाचार अनुसार यस प्रकरणमा कानूनमन्त्री अजयकुमार चौरसियाले न्याय सम्पादनमा ठाडो हस्तक्षेप गरेको आरोप लागेको छ । एकजना मन्त्रीकै कारण न्यायपालिकामाथि शंका उत्पन्न हुनु लोकतन्त्रकै लागि खतरा हो । संविधान र कानूनको कार्यान्वयन र संरक्षण गर्ने मन्त्री नै हस्तक्षेपकारी भूमिकामा देखा पर्नु घोर आपत्ति जनक छ । त्यसैले कानूनमन्त्री चौरसियाले तुरुन्त राजीनामा दिनुपर्छ । उहाँको कल डिटेल्स छानविन होस् ।’

संविधान र कानूनको कार्यान्वयन र संरक्षण गर्ने जिम्मेवारी लिएको मन्त्री नै हस्तक्षेपकारी भूमिकामा देखिनु आपत्तिजनक रहेको भन्दै उहाँको कल विवरणको छानविन गर्न समेत माग गर्नुभयो । संविधान सभा निर्वाचनका बेला २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम घरमा बम विस्फोट हुँदा भएको मृत्यु प्रकरणमा उहाँले सफाई पाउनु भएको थियो । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई गत जेठ १४ गते सफाई दिनुभएको थियो ।