२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालसुधार गृहको अवस्था सुधार्न बालबालिका सम्बन्धी ऐन संशोधन आवश्यकः मन्त्री सुडी



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालसुधार गृहको अवस्था सुधार्न बालबालिका सम्बन्धी ऐन संशोधन लागिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सुडीले यस्तो बताउनुभएको हो ।

उहाँले राज्यका संरचनाहरुलाई बालबालिकामैत्री बनाउन तथा विभिन्न उमेर समूहका बालबालिकाको अधिकार सुनिश्चित गर्नको लागि सरकारले ऐन संशोधन प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँले उहाँले सरकार तथा एनजिओमार्फत सञ्चालित बालसुधार गृहमा देखिएका समस्या समाधान गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बालबालिकासम्बन्धी विद्यमान कानूमा सुधारको आवश्यकता भएको हुनाले यो विधेयक संसदमा आएको छ । खास गरेर बालसुधार गृहहरुको सम्बन्धमा धेरै कुराहरु आएका छन् । नेपाल सरकारको मातहतमा पाँच वटा बालसुधार गृहहरु रहेका थिए । र चार वटा गृहहरु एनजिओको माध्यमबाट सञ्चालित थिए । बालबालिका क्षेत्रका सबै समस्याहरु हेरेर नै यो विधेयक आएको छ । मन्त्रालयले विभिन्न संघसंस्था तथा विज्ञहरुसँग राय सुझाव लिएर यो विधेयक ल्याइएको हो ।’ 

उहाँले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न ऐनलाई समयानुकल बनाउँदै लगिने समेत जिकिर गर्नुभयो ।