२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको दुई दलीय व्यवस्थाको मिसन जनताले पूरा हुन दिने छैनन्ः माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यसतो आरोप लगाउनुभएको हो । उहाँले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली अनउपुयक्त हुने तर्क गर्नुभयो । उहाँले दुई दलीय प्रयोग अन्ततः एकदलीय व्यवस्थातर्फ धकेलिने उल्लेख गर्दै सत्तारुढ दलहरुको दुई दलीय मिसन नेपाली जनताले पुरा हुन नदिने टिप्पणी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सत्तारुढ दलहरु दुई दलीय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ । नेपालजस्तो बहुवर्गीय सामाजिक तथा आर्थिक हिसाबले विविधतायुक्त समाजमा यो दुई दलीय व्यवस्था न त सैद्धान्तिक रुपमा ठिक छ न त व्यवहारिक ढंगले नै उपयुक्त हुन्छ । यो दुई दलीय व्यवस्थाको मिसन अन्ततः एकदलीयमा पुग्ने होला । प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नुहुनेछ । त्यो उहाँहरुले नै सोचिरहनुभएको होला । तर नेपाली जनताले उहाँहरुको यो मिसन पूरा गर्न दिने छैनन् ।’

उहाँले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास सामाजिक न्याय र समावेशी अनुकुल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।