८ श्रावण २०८३, शुक्रबार
,
Latest
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना तीनवटा संसदीय समितिको बैठक बस्दै वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा मेलबर्न रेनेगेड्स एकेडेमीलाई एक सय ४० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिएका छन् । उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाएका हुन् ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउदाँ लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२/१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई/दुई विकेट लिए । मेलबर्न रेनेगेड्स एकेडेमी अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस