• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

सभापतिको लाईक र डिस्लाइकबाट व्यक्ति छनौट गरिए पार्टी दुर्घटनामा पर्छः शेखर कोईराला (भिडियो सहित)



काठमाडौं । नेपाली काग्रेसका नेता एवं सभापति पदका प्रतिस्पर्धी डा शेखर कोईरालाले पार्टी सभापतिको लाईक र डिस्लाइकबाट व्यक्ति छनौट गरिए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिनु भएको छ । 

महाधिवेशनको पछि पार्टीको अवस्था र सभापति देउवाको काम कारबाहीका बारेमा समिक्षा गर्न आफू पक्षिय नेताहरुको भेलामा डा कोईरालाले भन्नुभयो– ‘महाधिवेशनको परिणामलाई सहर्ष स्वीकार गरेका छौँ तर नियोजित रुपमा पाखा लगाउने कार्य भए त्यो स्वीकार्य हुँदैन ।’ 

उहाँले सभापति देउवाले केन्द्रीय सदयमा मनोनित गरेका सबै व्यक्ति सक्षम भएपनि त्यो कार्य कुन मापदण्डको आधारमा भएको हो भनि प्रश्न गर्नुभयो । डा कोईरालाले भन्नुभयो ‘पार्टीमा सबैलाई न्यायोचित अबसर बितरण हुनुपर्छ ।’ 

यस्तै, उहाँले न्यायसंगत , बिधि विधान र व्यवहारिक रुपमा पार्टी संञ्चालन हुनुपर्नै बताउँदै यसका लागि आफूले जोडतोड रुपमा आवाज उठाउने बताउनु भयो ।उहाँले आगामी तीन तहको निर्वाचनमा कांग्रेस एक्लै मैदानमा उत्रने र बहुमत ल्याउने दाबी समेत गर्नुभयो ।