२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिको लाईक र डिस्लाइकबाट व्यक्ति छनौट गरिए पार्टी दुर्घटनामा पर्छः शेखर कोईराला (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका नेता एवं सभापति पदका प्रतिस्पर्धी डा शेखर कोईरालाले पार्टी सभापतिको लाईक र डिस्लाइकबाट व्यक्ति छनौट गरिए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिनु भएको छ । 

महाधिवेशनको पछि पार्टीको अवस्था र सभापति देउवाको काम कारबाहीका बारेमा समिक्षा गर्न आफू पक्षिय नेताहरुको भेलामा डा कोईरालाले भन्नुभयो– ‘महाधिवेशनको परिणामलाई सहर्ष स्वीकार गरेका छौँ तर नियोजित रुपमा पाखा लगाउने कार्य भए त्यो स्वीकार्य हुँदैन ।’ 

उहाँले सभापति देउवाले केन्द्रीय सदयमा मनोनित गरेका सबै व्यक्ति सक्षम भएपनि त्यो कार्य कुन मापदण्डको आधारमा भएको हो भनि प्रश्न गर्नुभयो । डा कोईरालाले भन्नुभयो ‘पार्टीमा सबैलाई न्यायोचित अबसर बितरण हुनुपर्छ ।’ 

यस्तै, उहाँले न्यायसंगत , बिधि विधान र व्यवहारिक रुपमा पार्टी संञ्चालन हुनुपर्नै बताउँदै यसका लागि आफूले जोडतोड रुपमा आवाज उठाउने बताउनु भयो ।उहाँले आगामी तीन तहको निर्वाचनमा कांग्रेस एक्लै मैदानमा उत्रने र बहुमत ल्याउने दाबी समेत गर्नुभयो ।