६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस र एमालेको उपसभामुखलाई हटाउने कदमको प्रतिपक्षी दलहरुले विरोध गर्ने



अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली काँग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेकाले त्यसको विरोध गर्ने निर्णय भएको बताउनु भयो । जनजाति महिला र अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर संवैधानिक परिषद्मा प्रतिपक्षको बहुमत भएकाले सत्तापक्षको बहुमत पु¥याउन चलखेल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेको नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट हस्ताक्षर अभियान शुरु भइसकेको कुरा सुन्यौँ । प्रतिपक्ष दलका सबै बसेर जनजाति महिला र अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर गर्न खोजेको के भन्दा संवैधानिक परिषद्मा प्रतिपक्षको बहुमत छ, स्वयं प्रधानमन्त्री अल्पमतमा छन्, बहुमत बनाउन के गर्ने भन्दा प्रमुख प्रीतपक्षी दलको नेता, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष एकातिर भएपछि उहाँहरुको बहुमत हुन सकेन, इन्दिरा रानाको ठाउँमा कोही नेपाली काँग्रेसको मान्छे ल्याउन सकिए बहुमत हुन्छ भनेर तल्लो स्तरमा गरिएको काम हो । कुनै हालतमा सम्भव हुन दिनु हुँदैन भन्ने हो । म दलको उपनेता हुँ, मलाई थाहा छैन ।’

आफ्नो पार्टीलाई उपसभामुखको लागि कुनै प्रश्ताव नआएको पनि स्पष्ट पार्नुभयो ।