१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस र एमालेको उपसभामुखलाई हटाउने कदमको प्रतिपक्षी दलहरुले विरोध गर्ने



अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली काँग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेकाले त्यसको विरोध गर्ने निर्णय भएको बताउनु भयो । जनजाति महिला र अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर संवैधानिक परिषद्मा प्रतिपक्षको बहुमत भएकाले सत्तापक्षको बहुमत पु¥याउन चलखेल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेको नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट हस्ताक्षर अभियान शुरु भइसकेको कुरा सुन्यौँ । प्रतिपक्ष दलका सबै बसेर जनजाति महिला र अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर गर्न खोजेको के भन्दा संवैधानिक परिषद्मा प्रतिपक्षको बहुमत छ, स्वयं प्रधानमन्त्री अल्पमतमा छन्, बहुमत बनाउन के गर्ने भन्दा प्रमुख प्रीतपक्षी दलको नेता, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष एकातिर भएपछि उहाँहरुको बहुमत हुन सकेन, इन्दिरा रानाको ठाउँमा कोही नेपाली काँग्रेसको मान्छे ल्याउन सकिए बहुमत हुन्छ भनेर तल्लो स्तरमा गरिएको काम हो । कुनै हालतमा सम्भव हुन दिनु हुँदैन भन्ने हो । म दलको उपनेता हुँ, मलाई थाहा छैन ।’

आफ्नो पार्टीलाई उपसभामुखको लागि कुनै प्रश्ताव नआएको पनि स्पष्ट पार्नुभयो ।