२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको निष्कर्षः सरकार अधिनायकवादतर्फ गयो



अ+ अ-

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष निकालेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम,कारबाहीबारे संक्षिप्त जानकारी गराउनुभएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो । उहाँले सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको बताउनु भयो । सरकारको कामबाट जनता धेरै रुष्ट र आक्रोशित भएको बताउनु भयो । बैठक बुधवार १ बजे पुनः बस्ने पनि बताउनु भयो । सरकार देश, जनताको हित विपरित गलत कदम चालेर अघि बढिरहेको आरोप लगाउनु भयो । भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेको उहाँले आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिबारे अध्यक्षजीले संक्षिप्त अपेडेट गराउनु भयो । सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर जाँदैछ । राज्यका सबै संरचनामाथि तिब्र हस्तक्षेपको प्रक्रिया अघि बढिरहेको छ । यो सरकारको नालायकी, कुशासनले गर्दा जनता असाध्यै रुष्ट, आक्रोशित छन् । स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनका लागि योजना र कार्यक्रम बनाउने, केही सांगठनिक कुराहरु थिए । भोलि केन्द्रिय कार्यालयमा पदाधिकारी बैठक बस्दैछ । यो सरकार देश, जनताको हित विपरित गलत कदम चालेर अघि बढिरहेको छ । प्रतिनिधि सभाको उपसभामुखलाई हटाउन पहिला नै कोशिस गरिरहेका थिए, अहिले हस्ताक्षर नै गरिरहेको भन्दे खबर आएको छ । भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेका छन् । शिक्षा विधेयक अहिलेसम्म अड्किरहेको छ । राष्ट्रिय जीवनका सबै क्षेत्रमा अधोगतितिर यो सरकार गइरहेको छ । यो सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको छ । व्यवस्था विरोधीलाई अवसर प्रदान गरेको जस्तो भइरहेको छ । यो परिस्थिति दिन प्रतिदिन जनताको हित विपरित गइरहेको छ । भ्रष्टाचारमा कुरा गर्दा अरु पार्टीलाई छानीछानी अख्तियार लगाउने, जेल हाल्ने, आफ्नालाई हर तरहले बचाउने गरिरहेको छ । जनतालाई भ्रम पार्न सरकार तल्लिन भइरहेको छ ।’

प्रवक्ता सापकोटाले सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको जिकिर गर्नुभयो ।