६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको निष्कर्षः सरकार अधिनायकवादतर्फ गयो



अ+ अ-

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष निकालेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम,कारबाहीबारे संक्षिप्त जानकारी गराउनुभएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो । उहाँले सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको बताउनु भयो । सरकारको कामबाट जनता धेरै रुष्ट र आक्रोशित भएको बताउनु भयो । बैठक बुधवार १ बजे पुनः बस्ने पनि बताउनु भयो । सरकार देश, जनताको हित विपरित गलत कदम चालेर अघि बढिरहेको आरोप लगाउनु भयो । भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेको उहाँले आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिबारे अध्यक्षजीले संक्षिप्त अपेडेट गराउनु भयो । सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर जाँदैछ । राज्यका सबै संरचनामाथि तिब्र हस्तक्षेपको प्रक्रिया अघि बढिरहेको छ । यो सरकारको नालायकी, कुशासनले गर्दा जनता असाध्यै रुष्ट, आक्रोशित छन् । स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनका लागि योजना र कार्यक्रम बनाउने, केही सांगठनिक कुराहरु थिए । भोलि केन्द्रिय कार्यालयमा पदाधिकारी बैठक बस्दैछ । यो सरकार देश, जनताको हित विपरित गलत कदम चालेर अघि बढिरहेको छ । प्रतिनिधि सभाको उपसभामुखलाई हटाउन पहिला नै कोशिस गरिरहेका थिए, अहिले हस्ताक्षर नै गरिरहेको भन्दे खबर आएको छ । भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेका छन् । शिक्षा विधेयक अहिलेसम्म अड्किरहेको छ । राष्ट्रिय जीवनका सबै क्षेत्रमा अधोगतितिर यो सरकार गइरहेको छ । यो सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको छ । व्यवस्था विरोधीलाई अवसर प्रदान गरेको जस्तो भइरहेको छ । यो परिस्थिति दिन प्रतिदिन जनताको हित विपरित गइरहेको छ । भ्रष्टाचारमा कुरा गर्दा अरु पार्टीलाई छानीछानी अख्तियार लगाउने, जेल हाल्ने, आफ्नालाई हर तरहले बचाउने गरिरहेको छ । जनतालाई भ्रम पार्न सरकार तल्लिन भइरहेको छ ।’

प्रवक्ता सापकोटाले सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको जिकिर गर्नुभयो ।