काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले होबर्ट हुरिकेन्स एकेडेमीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
मंगलबार डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गरेने निर्णय लिएका हुन् ।
प्रतियोगितामा आज नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ‘ए’ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।










