काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताउनुभएको छ ।
सोमवार राजधानीमा आयोजित नेपाली विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीमा उहाँले सामाजिक सञ्जालमा आएका हरेक कुरा सही नहुने बताउनुभएको हो ।
उहाँले कुन सही, कुन झुटो कुरा हो भनेर तथ्य पत्ता लगाउने बानी विकास गर्न समेत आग्रह गर्नुभयो । कतिपयले सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी म्यासेजहरु पठाउने गरेको उल्लेख गर्नुहुँदै उहाँले यो ठिक छैन भनेर फिल्टर गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता कुरामा आफ्नो बुद्धि विवेकलाई प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘अहिले जुन सोशल मिडियाको जमाना छ । यसमा तपाई हामीले एउटा राम्रोसँग बुझ्नुपर्ने कुरा के हो भन्दाखेरी के झुटो समाचार हो, कुन चाँहीमा कत्तिको तथ्य छ भन्ने कुरा त हामी धर्तीमा जन्मेपछि भगवानले सबैलाई हामीलाई बुद्धि दिएको छ, विवेक दिएको छ । हामीले बुझ्नु त प¥यो नी छ । सामाजिक संजालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी पठाएका म्यासेजहरुलाई यो ठिक छैन भन्ने कुरालाई फिल्टर गर्ने क्षमता त हामीले पनि विकास गर्नुप¥यो नी । कसैले लेखिदियो भन्दैमा सबै कुरा शत प्रतिशत सही हो भन्न भएन । हामी संग भएका वुद्धि विवेकलाई पनि हामी प्रयोग गरौँ ।’
उहाँले देशमा बिस्तारै परिवर्तन आइरहेको बताउनु भयो । हाल समाजमा सरकारले यो गरेन, त्यो गरेन भन्ने प्रचलन बढेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले नियम कानूनअनुसार प्रक्रिया मिलाएर काम गर्ने बताउनु भयो । हुकुमी शासन जस्तो नहुने उहाँको भनाई छ ।










