२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरियोः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस्ता भाष्य र चुनौतिहरु चिर्दै अझ बढी शसक्त र क्रियाशिल हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई क्रियाशिल र गतिशिल बनाउँदै पार्टीभित्र वृहत एकता कायम गर्न निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली काँग्रेसको स्थिर सरकार निर्माण गर्न अझ बढी समर्पणका साथ काम गर्न जरुरी रहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेको छ । तर यस्ता भाष्य र चुनौतिहरु चिर्दै अझ बढी शसक्त र क्रियाशिल हुन आवश्यक छ । नेपाली काँग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई क्रियाशिल र गतिशिल बनाउँदै पार्टीभित्र वृहत एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली काँग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईं हामी सबैले अझ बढी समर्पणका साथ काम गर्न आवश्यक छ ।’

सभापति देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको बताउनु भयो ।




भर्खरै