१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

सीमाबाट घुसपैठ र लकडाउनको अवज्ञा हुँदा समुदायमा व्यापक बन्दै संक्रमण

सीमाबाट घुसपैठ र लकडाउनको अवज्ञा हुँदा समुदायमा व्यापक बन्दै संक्रमण
अ अ+ अ-

जनकपुर, वीरगन्‍ज । भारतीय सीमाबाट घुसपैठ र लकडाउनको अवज्ञा हुनुका साथै पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण हुन नसक्दा कोरोना संक्रमण समुदायमा व्यापक बन्दै गएको छ । ‘हटस्पट’ बनेका प्रदेश २ र प्रदेश ५ मा दुईमहिने शिशुदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र थुनुवासमेत संक्रमित भएका छन् । लुकीछिपी राजधानी पस्नेहरूसँगै उपत्यकामा पनि संक्रमण बढेको छ । काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी, धादिङ र धनुषामा १र१ गरी ६ संक्रमित थपिएसँगै बिहीबार रातिसम्म संक्रमितको संख्या २ सय ४९ पुगेको छ । भारतमा रेल सेवा चालु भएसँगै सीमावर्ती रूपन्देही, कपिलवस्तु र बाँकेको दशगजाबाट स्वदेश आउन चाहनेको भीड बढेको छ । प्रदेश २ मा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण समुदायमै फैलिएको चिकित्सकहरूले बताएका छन् । आठवटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या बिहीबारसम्म ९८ पुगेको छ । चिकित्सकहरूले संक्रमण समुदायमै फैलिएको दाबी गरिरहँदा तीनै तहका सरकार भने लकडाउनले प्रभावित परिवारलाई राहत वितरण, अस्पतालको पूर्वाधार थप्ने र स्वास्थ्य सामग्री खरिदमै अलमलिएका छन् ।

चैत २९ मा वीरगन्जमा तीन जनामा देखिएको कोरोना संक्रमण नै प्रदेश २ को पहिलो केस हो । वीरगन्जको छपकैयास्थित मस्जिदमा बसेका २१ जनाको स्वाब परीक्षण गर्दा तीन जना भारतीयमा संक्रमण पुष्टि भएको थियो । त्यसयता छपकैया क्षेत्रलाई सिल गरिए पनि वैशाख १७ मा सोही क्षेत्रका थप १७ जनामा संक्रमण देखियो । उनीहरू सबै एकै परिवारका हुन् । संक्रमितमध्ये एक दुईमहिने शिशुसमेत थिए । पर्सामा मंगलबार मात्रै ५७ जनामा कोरोना भाइरसको संक्रमण देखियो । बुधबार पनि त्यहाँ २ जना संक्रमित भेटिए । ‘हटस्पट’ बनेको वीरगन्जमा एक नर्स र दुई जना पत्रकारको पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको थियो । पर्सा प्रहरीको थुनामा रहेका एक व्यक्तिमा पनि संक्रमण देखियो । वीरगन्ज महानगरपालिकाका ३१ वडामध्ये ६ वटा वडामा संक्रमण फैलिसकेको छ । हालसम्म वीरगन्ज २, ३, ५, ११, १२ र १६ मा कोरोना संक्रमित भेटिएका छन् ।

‘प्रदेश २ मा समुदायमै कोरोना फैलिइसकेको छ । एकैपटक धेरै संख्यामा संक्रमित देखिनु त्यसकै संकेत हो,’ जनकपुरका वरिष्ठ फिजिसियन विजय सिंहले कान्तिपुरसँग भने, ‘संक्रमण समुदायमै फैलिएपछि हटस्पट तोकेर परीक्षणको काम प्रभावकारी गरे मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ ।’ संक्रमितकै उपचारमा खटिएका स्वास्थ्यकर्मीमै संक्रमण देखिएपछि बिहीबार नारायणी अस्पतालका चिकित्सकसहितको टोलीले स्वाब परीक्षण गराएका छन् । वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्ड अहिले भरिभराउ छ । त्यहाँ ७१ जना संक्रमित उपचाररत छन् । बाँकी १९ जनाको वीरगन्जकै सिद्धार्थ स्कुलमा बनाइएको आइसोलोसनमा उपचार भइरहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमा कुनै पनि गम्भीर लक्षण नदेखिएको चिकित्सकहरू बताउँछन् । ‘कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको थिएन । तर, स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि भने धेरै जना झस्किएका छन्,’ डा. सिंहले भने ।

हालसम्म पर्सामा ८२ जना, बारा र रौतहटमा ३/३ जना, सर्लाही, महोत्तरी र धनुषामा २र२ जना र सप्तरीमा एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सिरहामा भने हालसम्म संक्रमित भेटिएका छैनन् । धनुषाको लालगढमा पनि एक नर्समा कोरोना संक्रमण भेटिएको छ । जनकपुरका एक पत्रकार र पुस्तक व्यवसायीमा समेत कोरोना पोजिटिभ देखिएको छ । यी दुवै संक्रमितले आफूहरू भीडभाडमा नगएको र सावधानीका सबै उपाय अपनाउँदा पनि संक्रमित भएको बताएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालका फिजिसियन डा. जेपी जयसवालले प्रदेश २ मा कोरोना भाइरसको संक्रमण तेस्रो स्टेजमा पुगेको दाबी गरे । उनले बिरामीको संख्या ह्वात्तै बढिरहेकाले कोरोना समुदायस्तरमै फैलिएको उनको भनाइ छ । ‘पहिला बाहिरबाट आएका व्यक्तिमा मात्रै संक्रमण देखिन्थ्यो । अहिले कहीँकतै नगएकाहरू पनि संक्रमित हुन थालेको छन्,’ डा. जयसवालले भने, ‘यो स्थिति आउनु ठीक होइन । स्थिति भयावह हुनसक्छ ।’ कान्तिपुर दैनिक