२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता

माग गरेबमोजिम कारागारमा स्थानान्तरण गरेर कैदीबन्दीको व्यवस्थापन गरिँदै

माग गरेबमोजिम कारागारमा स्थानान्तरण गरेर कैदीबन्दीको व्यवस्थापन गरिँदै
अ अ+ अ-

सुदूरपश्चिम। कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिने भएको छ ।

घाइतेहरूभई उपचार गरेर फर्किएपछि कैदीहरूले मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अस्पतालबाट उपचार गरी फर्किए पनि थप समय स्वास्थ्यलाभ गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी तत्कालका लागि कैदीबन्दीले रोजेअनुसार अन्य कारागारमा पठाएर व्यवस्थापन गर्ने काम भइरहेको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “डिस्चार्ज भए पनि उहाँहरूलाई स्वास्थ्यलाभ गर्न थप समय चाहिने भएकाले त्यस पक्षलाई ध्यान दिएर तत्कालका लागि रोजेको कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ, कतिपयलाई कञ्चनपुर र डडेल्धुरा कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ ।”

हालसम्म अस्पतालबाट उपचार गरेर फर्किएकामध्ये छ जनालाई अन्य जिल्लामा पठाइसकिएको जोशीले जानकारी दिनुभयो ।  यही साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपका एक जनाको मृत्यु र ४९ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररतमध्ये नौ जनाबाहेक सबै फर्किइसकेका छन् । घटनाको छानबिन गर्न गठित समितिका सदस्यसचिव जोशीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।  सुदूरपश्चिम प्रदेश सरकारले घटनामा मृत्यु भएका चौधरीका परिवारलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरिसकेको छ ।

घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता गरेर कृष्णप्रसाद लम्साललाई जिम्मेवारी तोकेको छ । रासस