११ असार २०८३, बिहीबार
,
Latest
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चाः व्याकुल माइला हुँ भन्दै पुस्तक निकाल्ने गरेको आरोप



अ+ अ-

काठमाडौँ । संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक शुक्रवार सिंहदरबारमा बसेको थियो । जसमा शुक्रवारको समितिको कार्यसूचि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रश्तुतिकरण र छलफल हुने थियो ।

समितिमा संशोधनकर्ता सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतमले विधेयकमाथि आफ्नो धारणा राख्नुभयो । साथै उहाँले बजारमा नक्कली व्याकुल माइलाको चर्चा रहेको समितिलाई जानकारी गराउनु भयो । समितिको बैठकमा सांसद गौतमले राष्ट्रिय गानका रचयिता प्रदीप राई (व्याकुल माइला) बनेर उहाँको आत्मसम्मानमा चोट पुग्ने गरी व्याकुल माइला हुँ भनेर कितावहरु निकाल्ने, प्रपोजलहरु गर्ने र बजेटहरु निकासा पनि गरिएको कुरा चर्चामा रहेको बताउनु भयो । नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस किसिमको व्यवहार राम्रो नभएको पनि बताउनु भयो । यसबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी दिन आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले व्याकुल माइलाको कुरा आइरहेको रहेछ । एक जना कोही व्यक्तिले व्याकुल माइला हुँ भनेर कितावहरु निकाल्ने, प्रपोजलहरु गर्ने, कता कता गएर बजेटहरु निकासा गर्ने, यो खालको कुराहरु भइरहेको रहेछ । उहाँको आत्मसम्मानमा चोट पुग्यो भन्नेकुरा आयो । यो संवेदनशील विषय हो । नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस्तो हुनु हुँदैन । प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्नुस् भनेको रहेछ । सक्कली मान्छेलाई नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्न ह्युमुलेसन पनि हुन्छ । यो विषय मन्त्रालयले ध्यानाकर्षण गरोस् ।’