२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चाः व्याकुल माइला हुँ भन्दै पुस्तक निकाल्ने गरेको आरोप



अ+ अ-

काठमाडौँ । संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक शुक्रवार सिंहदरबारमा बसेको थियो । जसमा शुक्रवारको समितिको कार्यसूचि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रश्तुतिकरण र छलफल हुने थियो ।

समितिमा संशोधनकर्ता सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतमले विधेयकमाथि आफ्नो धारणा राख्नुभयो । साथै उहाँले बजारमा नक्कली व्याकुल माइलाको चर्चा रहेको समितिलाई जानकारी गराउनु भयो । समितिको बैठकमा सांसद गौतमले राष्ट्रिय गानका रचयिता प्रदीप राई (व्याकुल माइला) बनेर उहाँको आत्मसम्मानमा चोट पुग्ने गरी व्याकुल माइला हुँ भनेर कितावहरु निकाल्ने, प्रपोजलहरु गर्ने र बजेटहरु निकासा पनि गरिएको कुरा चर्चामा रहेको बताउनु भयो । नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस किसिमको व्यवहार राम्रो नभएको पनि बताउनु भयो । यसबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी दिन आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले व्याकुल माइलाको कुरा आइरहेको रहेछ । एक जना कोही व्यक्तिले व्याकुल माइला हुँ भनेर कितावहरु निकाल्ने, प्रपोजलहरु गर्ने, कता कता गएर बजेटहरु निकासा गर्ने, यो खालको कुराहरु भइरहेको रहेछ । उहाँको आत्मसम्मानमा चोट पुग्यो भन्नेकुरा आयो । यो संवेदनशील विषय हो । नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस्तो हुनु हुँदैन । प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्नुस् भनेको रहेछ । सक्कली मान्छेलाई नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्न ह्युमुलेसन पनि हुन्छ । यो विषय मन्त्रालयले ध्यानाकर्षण गरोस् ।’