६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ महिनाको संसदको कार्यसूचिबारे मुख्य सचेतकहरुसँग सभामुखको छलफल



अ+ अ-

काठमाडौँ । भदौ महिनाको संसदको कार्यसूचिबारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुसँग सभामुखले छलफल गर्नुभएको हो । छलफलमा भदौ महिनाको कार्यतालिका कस्तो बनाउने र संसद कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । नेपाली महिलाहरुको चाडहरु परेकाले त्यसलाई मध्यनजर गरी कार्यतालिका बनाउन आफूले सुझाव दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुखज्युले हामी राष्ट्रिय दलका प्रमुख सचेतकहरुलाई बोलाउनुभएको थियो । यो गृहकार्यका लागि हो । कार्यतालिका कसरी बनाउने भनेर हो । भाद्र महिनाको १ देखि १५ गतेसम्मको कार्यतालिका कसरी बनाउने भनेर हो । हामीले सुझाव दिँदा आफ्नो सुझाव दिएका छौँ । नेपाली महिलाहरुको चाड तिज परेकाले त्यसलाई ख्याल गरेर कार्यतालिका बनाउन आग्रह गरेका छौँ ।’

प्रतिनिधि सभाको आगामी बैठक भदौ ४ गते बस्दैछ ।