२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन गर्नुहुँदै



अ+ अ-

धनुषा ।  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ मा करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा प्रदेश प्रहरी कार्यालय निर्माण गरिएको भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जानकारी दिनुभयो ।

विसं २०८० असोज १० निर्माण सम्झौता भई भवन निर्माण सुरु भएको थियो ।

प्रधानमन्त्री ओलीले आजै महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्र सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिनुभयो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको आठ दशमलव ३८४ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो ।

विसं २०८३ चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कूल रु ३४ करोड ६९ लाख ५० हजार ६१६ रहेको छ । विश्व बैंकको ऋण सहयोगबाट निर्माण हुने यो सडक रु १९ करोड सात लाख ८३ हजार ६१८ मा ठेक्का सम्झौता भएको छ । यस योजनाअन्तर्गत प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोडिने छ ।