२४ श्रावण २०८३, आईतवार
,
Latest
कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि… सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’ संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताउनु भयो ।

नेपालमा हुने कारोबार नेपालको कानूनअन्तर्गत नै हुनुपर्ने उहाँको भनाइ छ । मेटा लगायतका सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन । लामो समयदेखि दर्ता हुन बोलाए पनि मेटा लगायतले अटेर गरिरहेका छन् । बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहनुभएको छ । नेपाल सरकार नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनैपनि सामाजिक सञ्जालहरुले तिर्नैपर्ने बताउनु भयो । नेपालमा प्रयोग हुने कम्पनीहरुले नेपालमा कार्यालय खोल्नुपर्ने र दर्ता हुनुपर्ने बताउनु भयो । यदी नेपालको कानूनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालमा जे कुरा चल्छ, चलाइन्छ, जुन कारोबार नेपालमा हुन्छ, नेपालको कानूनअन्तर्गत हुनुपर्दछ । नेपाल सरकारले थाहा पाएको हुनुपर्दछ । नेपाल सरकार, नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायि भएको हुनुपर्दछ । यहाँबाट जुन चल्छ, त्यसको ट्याक्स यहाँ तिर्नुपर्दछ । लाभको ट्याक्स तिर्नुपर्दछ । त्यो भन्दा बाहिर बस्छु भन्ने छुट कसैलाई छैन । नेपालमा प्रयोग हुने त्यस्ता चिजहरुले नेपालमा अफिस खोलेको हुनुपर्दछ । नेपालको कानूनमा रजिस्ट्रड भएको हुनुपर्दछ । नेपालको कानूनअन्तर्गतका दायित्वहरु र उत्तरदायित्वहरु पूरा गरेको हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले इन्टरनेट सेवा सबै ठाउँमा पु¥याउन पनि सञ्चारमन्त्रालयलाई निर्देशन दिनुभयो ।