२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताउनु भयो ।

नेपालमा हुने कारोबार नेपालको कानूनअन्तर्गत नै हुनुपर्ने उहाँको भनाइ छ । मेटा लगायतका सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन । लामो समयदेखि दर्ता हुन बोलाए पनि मेटा लगायतले अटेर गरिरहेका छन् । बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहनुभएको छ । नेपाल सरकार नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनैपनि सामाजिक सञ्जालहरुले तिर्नैपर्ने बताउनु भयो । नेपालमा प्रयोग हुने कम्पनीहरुले नेपालमा कार्यालय खोल्नुपर्ने र दर्ता हुनुपर्ने बताउनु भयो । यदी नेपालको कानूनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालमा जे कुरा चल्छ, चलाइन्छ, जुन कारोबार नेपालमा हुन्छ, नेपालको कानूनअन्तर्गत हुनुपर्दछ । नेपाल सरकारले थाहा पाएको हुनुपर्दछ । नेपाल सरकार, नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायि भएको हुनुपर्दछ । यहाँबाट जुन चल्छ, त्यसको ट्याक्स यहाँ तिर्नुपर्दछ । लाभको ट्याक्स तिर्नुपर्दछ । त्यो भन्दा बाहिर बस्छु भन्ने छुट कसैलाई छैन । नेपालमा प्रयोग हुने त्यस्ता चिजहरुले नेपालमा अफिस खोलेको हुनुपर्दछ । नेपालको कानूनमा रजिस्ट्रड भएको हुनुपर्दछ । नेपालको कानूनअन्तर्गतका दायित्वहरु र उत्तरदायित्वहरु पूरा गरेको हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले इन्टरनेट सेवा सबै ठाउँमा पु¥याउन पनि सञ्चारमन्त्रालयलाई निर्देशन दिनुभयो ।