९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य बैंकहरुले एक वर्षमा ७१ अर्ब नाफा कमाए, कुन बैंकको कति ?



अ+ अ-

काठमाडौं । गत आर्थिक वर्षको २०८१/८२मा २० वटा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.६८ प्रतिशत बढि हे । सो अवधिमा बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ वटा बैंकको नाफा बढेको छ भने चार वटाको घटेको छ । नाफा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंक रहेका छन् ।

गत आवमा सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड कमाएको छ । सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यसले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै, तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ भने कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएका छन् ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकको २ अर्ब १ करोड खुद नाफा रहेको छ।

गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाएको छ । हिमालयन बैंकले १ अर्ब ५१ करोड र सिटिजन्स बैंकले १ अर्ब २९ करोड खुद नाफा आर्जन गर्दा एनआईसी एशिया बैंकले सबैभन्दा कम १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।