३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको मुद्दामा सुनुवाइ स्थगित, बहस बिहीबार फेरि सुरु हुने



अ+ अ-

काठमाडौं। पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाडेको आदेशविरुद्ध परेको निवेदनमाथि उच्च अदालत पोखरामा आज सुनुवाइ पूरा हुन सकेन।

इजलासले बहस अर्को दिन, बिहीबारका लागि सार्ने निर्णय गरेको छ। मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासमा बहस जारी रहेको छ।

जिल्ला अदालत कास्कीले २५ पुस २०८१ मा सूर्यदर्शन सहकारीको रकम ठगी आरोपमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। सरकारी वकिलहरूले उक्त आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गर्दै उनलाई थुनामा राखेर मुद्दा अघि बढाउन माग गरेका छन्।