३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही भरत ताल प्रकरणः निलम्बित मेयर थापा र अन्यलाई ८ वर्ष कैद



अ+ अ-

काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा, विमलकुमार पोखरेल र सागर पौडेलले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तीनै जनालाई ८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिवाना तोकेको छ।

विशेष अदालतले २१ साउनमा नै प्रतिवादीहरूलाई नदीजन्य पदार्थमा हानी पुर्याएको ठहर गरेको थियो। बिहीबारको फैसलामा अदालतले ती भ्रष्टाचारकारी कार्यका लागि ठूलो आर्थिक जरिवाना र कैद सजायसहित दोषी ठहर गरेको हो।

साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) अनुसार तीनै प्रतिवादीले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति पीडित राहत कोषमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

विशेषज्ञहरूका अनुसार यो फैसलाले सरकारी परियोजनामा भ्रष्टाचार विरुद्ध कडा संदेश जाने संकेत गर्दछ।