३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ गोल्डकपः सहलेश युवाक्लब सिरहा फाइनलमा



अ+ अ-

ताप्लेजुङ। सहलेश युवाक्लब सिरहा ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलको अन्तिम खेलमा सहलेशले रेडस्टार फुटबल क्लब झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेको हो । सिरहाका लागि दुवै गोल युसुफ मल्लिकले गरेका थिए । उनले खेलको १३औँ र ४८औँ मिनेटमा गोल गरेका थिए ।

शनिबार फाइनल खेलमा सिरहाले चर्च ब्वाइज क्लब ललितपुरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा ‘द योङ ब्रदर्श क्लब इटहरी, सुनसरी’लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले सदरमुकाम फुङ्लिङस्थित भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरेको उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् ।

विजेताले रु सात लाख दुई हजार ८२ तथा उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष सागर मादेनले जानकारी दिए । रासस