५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ
अ+ अ-

पाल्पा। लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल शेयर सदस्यहरुको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।

सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो । व्यवस्थापक बमरेलमाथि रु दुई करोड ८७ लाख ५७ हजार सहकारीको रकम ठगी गरेको आरोप छ ।

“सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यले बचत गरेको रकम गैरकानुनी तवरबाट आफ्नो व्यक्तिगत पारिवारिक प्रयोजनमा खर्च गरी ठगी गरेको जाहेरी परेपछि बमरेललाई पक्राउ गरिएको हो”, उहाँले भन्नुभयो ।

सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि बमरेललाई २०८१ माघ २६ गते व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो । रकम अपचलन भएको थाहा भएपछि प्रहरीमा जाहेरी दिएको उक्त सहकारीका अध्यक्ष सुवि विश्वकर्माले बताउनुभयो ।

रम्भा गाउँपालिका–४ मा प्रधान कार्यालय रहेको उक्त सहकारीमा करिब तीन हजार ५०० शेयर सदस्य छन् । व्यवस्थापक बमरेलले विभिन्न व्यक्तिका नाममा रकम लिएको आरोप छ ।  रासस