२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते



अ+ अ-

चितवन।  नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको केए–४३६८५६ भारतीय नम्बरप्लेट भएको ट्रकमा इच्छाकामना गाउँपालिका–तीन नम्बर पुल नजिकै सडकमाथिबाट ढुङ्गा खस्दा ट्रक चालक भारतीय नागरिक ४५ वर्षीय मेगु प्रसाद, उहाँका छोरा १८ वर्षीय सयद अफिद र ट्रकमै सवार २१ वर्षीय नहमान धुनियाँ घाइते भएका हुन् ।

चालक मेगु प्रसादको टाउकोमा गम्भीर चोट लागेको छ ।  अन्य दुईको अवस्था सामान्य छ । तीनै जनाको सरकारी अस्पताल भरतपुरमा उचार भइरहेको प्रहरीले जनाएको छ ।  रासस