२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी हुँदा लोकतन्त्र सबै नागरिकको बन्न सकेनः राजेन्द्र महतो



अ+ अ-

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एकल नश्लीय शासन प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था सबै नागरिकको बन्न नसकेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले लोकतन्त्र स्थापन भएको ३५ वर्ष पुग्दा समेत नागरिकले आफ्नो अधिकार पाउन नसकेको उहाँको भनाइ छ । उहाँले लोकतन्त्रमा समेत शासनको चरित्र एकल नश्लीय हुँदा जनताले अधिकारको प्रत्याभुति गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेका शिर्ष तीन नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमा समेत एकल नश्लीय शासन प्रवृत्ति हाबी भएको आरोप लगाउनु भयो । उहाँले मुलुकमा लामो समयदेखि उत्पिडन व्याप्त रहेको भन्दै मुलुकले क्रान्ती खोजिरहेको टिप्पणी गर्नुभयो । उहाँले सात वटा संविधान निर्माण हुँदापनि एउटै संविधान जनाताको बन्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो देशले क्रान्ती खोजिरहेको छ । यो देशमा उत्पिडन  व्याप्त छ । यो आजैदेखि भएको होइन । नेपाल निर्माण हुँदै गर्दा जुन जगमा नेपालको निर्माण भएको हो त्यो जगमा शासन चलाइएन । जुन जगमा नेपालको निर्माण भयो सोही आधारमा शासन चलाउनुपथ्र्यो, संविधान निर्माण हुनुपथ्र्यो । त्यही नभएर नेपालमा समस्या आएको छ । २७० वर्षपहिले नेपाल निर्माण हुँदा काठमाडौंका नेवारहरु त एकता प्रक्रियामा सहभागि थिए । देशका सबे पहिचान मिलेपछि नेपाल एक भएको सत्य हो नि । सबैको कुरा छोडिदिउँ जहानिया रााणा शासनको मात्रै एक सय चा। वर्ष शासन भयो ।’

‘त्यसपछि राजाहरुको वंशीय शासन चल्यो । तर लोकतन्त्र त हाम्रो आफ्नै शासन भन्या होइन ? ३५ वर्षदेखि यो देशमा लोकतन्त्र चलिरहेको छ ? यो बेलासम्म पनि किन पाएनौं हामीले आफ्नो अधिकार ? यो त पार्टीको शासन भनेको त आफ्नै शासन त हो । यो लोकतन्त्र पनि सबै नेपालीका लागि बन्न सकेन । किनभने यो लोकतन्त्रमा पनि शासनको चरित्र चाँही एकल नश्लीय भइदियो । ओली प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो, देउवा प्रवृत्ति एकल नश्लीय शासन प्रवृत्ति हो । प्रचण्ड प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो । देश एकल होइन अनि शासन चाँही एकल गर्ने ? यो देशको शासन र संविधान र शसन एकल भइदियो । यस्तो पनि हुन्छ । सात वटा संविधान बन्दा पनि एउटै संविधान जनताको लागि बन्दैन ।’

उहाँले संविधानहरु पटक पटक संशोधन हुँदा समेत जनताको समस्या समाधान गर्न नसकेको टिप्पणी गर्नुभयो ।