७ श्रावण २०८३, बिहीबार
,
Latest
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई काठमाडौं अड्डासार गरी रास्वपाको आँशुको व्यापार बन्द गरौँः काँग्रेस सांसद मिजार



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अड्डासार गरि राष्ट्रिय स्वतन्त्र पार्टीको आँसुको र भावनाको व्यापार गर्ने दोकान बन्द गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद मिजारले भैरहवा कारागारको सुविधाको विषयलाई लिएर रास्वपाले  भावनाको व्यापार गरिरहेको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताउनु भएको हो । उहाँले सहकारी ठगी मुद्दाका अभियुक्त लामिछानेलाई छुट्टै कोठा र टेलिफोनको सुविधा दिइएको भन्दै के सबै बन्दीलाई समान सुविधा दिन सकिन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले रास्वपाको संवेदना र भावनाको व्यापार रोक्न लामिछानेलाई आजै काठमाडौं अडडसर गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनु भया ।

उहाँले भन्नुभयो, ‘केही दिनदेखि भैरहवा कारागारमा सेवा सुविधा नभएको माननीयज्यूहरुले आवाज उठाइरहनु भएको छ । सञ्चारमाध्यममा पनि यस्तो सुनिएको छ । भर्खरै यही विषयमा रुपन्देही कारागारले जारी गरेको विज्ञप्ती पनि पढे सभामुख महोदय । सो विज्ञप्तीअनुसार कुल २५० बन्दी राख्ने क्षमता रहेको यो कारागारमा हाल ६४० जना बन्दी रहेको बुझियो । सोही कारागारमा विगत चार महिनादेखि सहकारी ठगी मुद्दामा रहेका पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत रहनु भएको छ । उहाँलाई छुट्टै कोठा र टेलिफोनको समेत सुविधा दिइएको छ । के उहाँको जस्तै सबै बन्दीहरुलाई उहाँको जस्तै सुविधा प्रदान गर्न सम्भव छ ? के सबैजनालाई समान मानव अधिकारको हक छैन ? तर एउटा पार्टीले यसलाई समवेदनाको व्यापार गरिरहनु भएको छ । त्यसैले म सभामुख महोदयमार्फत सरकारलाई अनुरोध गर्दछु । यो आँसुको र भावनाको व्यापार गर्ने दोकान बन्द गरिदिनुहोस् । उहाँलाई भैरहवाबाट आजै काठमाडौं सार्ने व्यवस्था गरोस् । म सभामुख महोदयमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले सबै बन्दीहरुलाई समान अधिकार प्रदान गर्ने विषयमा जोड दिनुभयो ।