२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैनः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पार्नुभएको छ ।

विधायन व्यवस्थापन समितिको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन् । तर सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ । उहाँले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुने बताउनु भयो ।

यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता ग¥यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुने व्यवस्था वर्तमान ऐनले गरेको बताउनु भयो । उहाँले दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान नागरिकता ऐनमा हामीले जब रिफ्लेक्ट ग¥यौँ, यदी कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुन्छ । अहिलेको ऐनले । अर्को ऐनले यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता ग¥यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुन्छ । जुन दिनदेखि छोडेर गएको थियो, त्यही नागरिकता प्राप्त गर्छ भनेर भनेको छ । दोहोरो नागरिकता हुँदैन । यदी अर्को देशको नागरिकता नेपालीले लिन्छ भने नेपालको नागरिकता समाप्त हुन्छ । पुनः लिन चाहन्छ भने अर्को देशको नागरिकता छोड्नुपर्छ । नेपालले दोहोरो नागरिकताको परिकल्पना नगरेको अवस्था विद्यमान छ ।’

उहाँले आमाको नामबाट सरल रुपले नागरिकता पाओस् भन्ने उद्देश्य सरकारको रहेको बताउनु भयो । बिहीवार नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । छलफलमा उहाँले आमाले घोषणा गरेर मेरो सन्तान हो भनेको खण्डमा नागरिकता दिनुपर्ने प्रावधान राख्नुपर्ने विधेयकको उद्देश्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आमाको नामबाट सरल रुपले नागरिकता पाओस् भन्ने मेरो उद्देश्य हो । यो विधेयकको उद्देश्य हो । आमाले घोषणा गरेर मेरो बालक हो भन्यो भने नागरिकता दिनुपर्छ । आमाको नागरिकता हो भनेर जाँच्दा हुन्छ । आमाको नागरिकता ठिक छ, आमाले मेरो सन्तान हो भन्यो भने दिनुपर्छ । यसमा स्वघोषणा राखेर जाऔँ । बरु अरु केही कुरा राख्नुपर्छ की हामीले अनुमान नगरेको, प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको अवस्था पनि हुनसक्छ । ’

गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिन प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको कुराहरु भए राख्न पनि सांसदहरुसँग माग गर्नुभयो ।