अमेरिकन आइडल सिजन–१८ को उपाधी जस्ट सामले जित्न सफल भएकी छिन् । उनी मात्र २० वर्षकी छिन् । उनी न्युयोर्क, हार्लेम शहरकी हुन् ।
भर्खरै टप ५ बाट आर्थर गन, जस्ट सामलाई उपाधीको लागि अगाडी लगिएको थियो । टप ५ प्रतिस्पर्धीहरुले आजको एपिसोडमा २–२ गीत गाएका थिए । एउटा नयाँ ट्युन र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइएको थियो ।
यसैको आधारमा उपाधि विजेताको छिनोफानो भएको हो । अमेरिकाको चर्चित अवार्ड पूर्वानुमान वेबसाइट गोल्ड डर्बीले भने यसअघि आर्थर गनलाई उपाधिका मुख्य दाबेदार भनिसकेको थियो । तर नेपाली दिवेश पोखरेलले भने उपाधी उठाउन सकेनन् ।