४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी अन्तर्गतका दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता



अ+ अ-

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत १५.४५ करोड डलर बराबरको दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

एमसिए नेपालले प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रशारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रशारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरु, अमेरीकी दुतावासका अधिकारीहरुको उपस्थीतीमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसका लागि संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रशारण लाइनहरुको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन लगायतका काम गरिनेछ । हस्ताक्षर कार्यक्रममा बोल्दै एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनियतामा सुधार गर्नुकासाथै क्षत्रिय विद्युत व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरुसँग मिलेर कामगर्न पाउँदा गर्ववान्वित भएको बताउनु भयो । सम्झौतापछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गत वर्ष नै सम्झौता भएको बताउनु भयो । उहाँले बिहीवार १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको बताउनु भयो ।

कार्यकारी निर्देशक खड्काले भन्नुभयो–‘३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गत वर्ष नै सम्झौता भएको थियो । ३१५ मध्ये २९७ किमि प्रशारण लाइनको सम्झौता गर्न बाँकी थियो आजको सम्झौतापछि १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको छ । अब अर्को लट ११७ किमि प्रशारण लाइनको केही दिनमै सम्झौता गर्ने तयारी छ । सम्झौता गरिसकेपछि एउटा डेट तोकिएको हुन्छ, त्यो अवधीभित्र निर्माण पक्षले सम्पन्न गर्नुपर्ने हुन्छ । इफक्टिभ डेट भन्छौं त्यो डेट भनेको ४२ महिना हो । तर त्यो भन्दा कन्ट्रायाक्टरले त्यो भन्दा अगाडी गर्न सक्छ । सम्झौतासँगै काम सुरु भयो भन्ने बुझौँ । यसको लागत एउटा परियोजनाको ७ करोड ६० लाख छ भने अर्को परियोजनाको ७ करोड ४० लाख रहेको छ । लगभग दुवै परियोजनाको लागत बराबर छ ।’

कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनालाई नेपालमा समयमै सम्पन्न गराउनका लागि एमसीए नेपाल लागिरहेको बताउनु भयो । उहाँकाअनुसार अहिलेसम्मका कामहरु प्रभावकारी हिसावले नै अघि बढिरहेका छन् । ती नै समयमै काम सम्पन्न हुने आधारहरु हुन् ।