२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

निम्तो र एजेण्डा बोकेर भारतीय विदेशसचिव आइतबार नेपाल आउँदै

निम्तो र एजेण्डा बोकेर भारतीय विदेशसचिव आइतबार नेपाल आउँदै
अ अ+ अ-

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौँ आइपुग्दैछन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेका हुन् ।

उनी काठमाडौँ आए लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर सो निमन्त्रणा दिने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । साथै यसै भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेण्डाहरुका विषयमा पनि कुराकानी हुने बताइएको छ ।

ओली प्रधानमन्त्री भएको बर्ष दिनपछि तय भएको यो भ्रमणका क्रममा नेपाल र भारतबीच केही सहयोग परियोजना एवं अन्य विषयहरुमा सम्झौता हुने बताइएको छ । ती एजेण्डका बारेमा उनले आइतबार नै परराष्ट्रमन्त्री डा आरजु राणा र सचिव अमृत राइसँग आवश्यक छलफल एवं परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री ओली आगामी भदौको ३१ गते दुई दिने भारत भ्रमणमा जान लागेका छन् । सो भ्रमणका एजेण्डाका बारेमा मिश्रीको यसै भ्रमणका क्रममा कुराकानी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मिश्रीले यस भ्रमणका क्रममा प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने भएका बताइएको छ । साथै सो भ्रमणका क्रममा उनले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

यसअघि नै प्रधानमन्त्री ओलीले भारत सरकारबाट भदौ ३१ र असोज १ गते भारतको भ्रमण गर्नेगरी अनौपचारिक निमन्त्रणा पाइसकेको भए पनि औपचारिक निमन्त्रण लिएर विदेश सचिव नेपाल आउन लागेका हुन् ।